शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मोरङको बुढीगंगा ५ मा रहेको ग्रिन प्लाइबोर्ड उद्योगमा लागेको आगो निभाइएको छ । विद्युत सर्ट भई बिहान ४ बजेदेखि लागेको आगो १३ वटा दमकल, प्रहरी, सेना र स्थानीयबासीको प्रयासमा ९ घण्टापछि निभाइएको हो ।

आगलागीबाट करिब ६० करोड रुपैंया बराबरको क्षति भएको उद्योगका मालिक दिवाकर राठीले बताउनुभयो । प्लाई बनाउनका लागि सामाग्रीहरु भण्डारण गरेर राखिएकाले पनि धेरै क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योग पूर्ण रुपले जलेर नष्ट भएको छ ।

क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया