शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–जापानबासी नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन (नेज) र नेपाली विद्यार्थीहरुको छाता संगठन (नेसाज) ले बिचार गोष्ठि गर्ने भएका छन् ।

बिचार गोष्ठि जुलाई महिनाको ८ तारिक शनिवार टोकियोमा गर्ने भएका हुन् । टोकियो शहरको पश्चिम भागमा अवस्थित एसिया युनिवर्सिटीको हलमा गरिने उक्त बिचार गोष्ठिमा नेपाली प्रध्यापक, इन्जिनियर, विद्यार्थी लगायत विभिन्न पेशामा स्थापित बौद्धिक व्यक्तित्वहरूबाट समसामयिक विषयवस्तुमा छलफल हुनेछ ।

नेपाल र नेपालीको ज्ञान बाडौं शिर्षकको बिचार गोष्ठि आयोजनाका लागि डा. वेद प्रसाद काफ्लेको संयोजकत्वमा १० सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ  । सन् १९९७ मा स्थापित नेपाली विद्यार्थीको पुरानो छाता संगठन (नेसाज) र २००३ साल स्थापित रहेका नेपाली इन्जिनियरहरूको संगठन (नेज) ले गत वर्षबाट संयुक्त रूपमा बिचार गोष्ठिको आयोजना गर्दै आएका छन् ।

वर्षै पिच्छे अलग अलग ठाउँमा गरिने यी बिचार गोष्ठिहरू अहिले सम्म टोकियोका अतिरिक्त ओसाका, क्योटो, फुकुओका तथा मात्चुयामामा सम्पन्न भइसकेका छन् ।

यो बिचार गोष्ठिको विस्तृत कार्यक्रम चाडै नेसाज र नेसको होमपेज (neajc.org, nesaj.info) मा राखिने भएको छ ।

साथै, टोकियो बासी नेपालीहरु यो बिचार गोष्ठिमा सहभागी भई नेपाली बौद्धिक समुदायसँग अन्तरक्रिया गरीज्ञान मूलक जानकारी पाउन सकिने नेसाज का उपाध्यक्ष राजु तिवारीले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया