शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै त्यसपछि उत्पन्न परिस्थितिका विषयमा समीक्षा गर्न नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा महाअभियोगको प्रस्ताव र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने जनाएको छ । दाहालले अचानक हेडक्वाटरको बैठक बोलाएको बुझिएको छ ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरू मिलेर आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोगको प्रमुख विपक्षी दल एमाले र सत्तारुढ दल रापपाले विरोध गरेको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, उम्मेदवार चयन, संविधान संशोधन लगायतका विषयमा छलफल हुने स्रोतको भनाइ छ ।बैठकले समसामयिक राजनीतिका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया