शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा १९९५ देखी २०१६ सम्ममा आइपुग्दा आत्महत्या गर्नेको संख्यामा कमी आएको एक प्रारम्भीक तथ्यांकले देखाएको छ । जापानको फुजी टि.भीले निकालेका तथ्यांक अनुसार जापानमा २०१५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म २१ हजार ७ सय ६४ जानाले आत्महत्या गरेका थिए ।

रिपोर्ट अनुसार टोकियोमा मात्र २,२१५ ले अत्महत्या गरेका थिए । जनसंख्याको आधारमा हेर्ने हो भने सबैभन्दा धरै आत्महत्या गर्ने अकितामा देखिएको छ र ओसाकामा भने आत्महत्या गर्नेको संख्यामा कमी देखिएको छ ।

आत्महत्या गर्नेहरुमध्ये १५,०१७ पुरुष रहेका छन् भने ६,७४७ महिलाहरु छन् । समाचारमा जनाइएअनुसार आत्महत्या गर्नेहरुमध्ये ४० वर्षसम्मका ३,४४२, ५० वर्षसम्मका ३,३४५ र ६० वर्ष उमेरसमुहका ३,३२३ रहेका छन् ।

समग्रमा रिपोट हेर्दा १९९८ लाई जापानको कालो बर्षको रुपमा हेर्न सकिन्छ । सन २००३ मा सबैभन्दा बढि ३४४२७ जनाले आत्माहत्या गरेका थिए । अनुसन्धानले के देखाउछ भने १९९७ बाट बढेको आत्महत्याको संख्या २०१२ मा आएर घटेको छ ।

तपाईको प्रतिक्रिया