शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् ।

८ आइएनजीओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन् । धेरैले प्राधिकरणलाई प्रगति विवरण बुझाएका छैनन् । बुझाउनेको पनि विवरण विवादास्पद छ । समाजकल्याण परिषदबाट स्वीकृति नलिई भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका आइएनजीओहरुमा टेरदेस होम्सेस, अक्स्फाम, हेल्पएज इन्टरनेशनल नेपाल, वी वल्र्ड, सिड्स भारत, दानचर्च एड साउथ एशिया र चाइना फाउण्डेसन फर पोभर्टी एलिभेसन छन् ।

यी आइएनजीओहरुले भूकम्प प्रभावित जिल्लामा १ करोडदेखि २ अर्बसम्मको काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया