शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आउँदो जनवरी ९ मा प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा उत्कृष्ट तीन जनाको नाम सार्वजनिक गरेको छ । 1480730827fifa

जसमा वर्ष पुरुष खेलाडी, प्रशिक्षक, महिला खेलाडी, प्रशिक्षक तथा वर्षको उत्कृष्ट गोलका लागि मनोनयमा पर्ने अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको हो । जसअनुरुप वर्ष पुरुष खेलाडीमा लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र एन्टोनी ग्रिजम्यान अन्तिम तीनमा परेका छन् ।

उत्कृष्ट वर्ष प्रशिक्षक पुरुषतर्फ लिसेस्टर सिटीका क्लाउडियो रानिएरी, पोर्चुगलका फर्नान्डो सान्तोस र रियल मड्रिड जिनेदिन जिदान छन् । यसैगरी उत्कृष्ट वर्ष प्रशिक्षक महिलामा, अमेरिकाका जिल एलिस, जर्मनीका सिल्भिया निइद र स्वीडेनका पिए सनधागी छन् महिला खेलाडीतर्फ भने मेलनी बेरिङ्गर, कारली लाइड र मार्टा परेका छन् ।

तपाईको प्रतिक्रिया