बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

गुल्मी – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताउनुभएको छ ।sheakar

नेपाल प्रेस युनियन गुल्मीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो,‘काँग्रेसलाई गुम्राहामा राखेर नेकपा एमाले र माओवादी केन्द्रले हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको छ । नेता कोइरालाले महाअभियोग जस्तो संवेदनशील विषयमा काँगेसले कुनै लहडको भरमा निर्णय नगर्ने बताउँदै त्यसका लागि पार्टीमा छलफल गरेरमात्र निर्णय लिने बताउनुभयो ।

संविधान संशोधनका विषयमा एमालेलाई सहमतिमा ल्याउनुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि काँगेस, एमाले र माओवादीबीच एकता र सहकार्य हुनै पर्छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया