शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टाेकियाे – जापनमा अध्यायन गरिरहेका १५ जना नेपाली  विद्यार्थीहरूलार्इ ताकारा एम सी कम्पनीले राेजगारकाे अवसर सिर्जना गरेकाे छ ।

कम्पनीले ति विद्यार्थीहरूलार्इ छनाैट तथा अन्तर्वार्ता गरेर अाउदाे २०१७ अप्रिल महिनाबाट कँम्पनी प्रवेशको सम्पुर्ण प्रकिया पूरा गर्ने काबुसिकीगाईसा ताकारा एम सीका प्रबन्ध निर्देशक कृष्ण के.सी (थम्मन )ले समुद्रपारीलार्इ बताउनु भयाे ।

कम्पनीका लागि कर्मचारी छानाैट प्रकृया हाम्रो नभएर राम्रोलाई पहिलाे प्राथमिकता दिने अाफ्नाे बढि प्रयास रहने र राम्रो विधार्थीहरुलाई हरेक मोडमा सहयोग गर्ने निर्देशक कृष्ण के.सीले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कम्पनी सेचुमेईकाई तथा प्रथम मेन्सेचु चाहि निम्न मिती,समय र स्थानमा हुने छ ।

मिती : २०१६/११/१९ (शनिवार)
समय: बिहान १० बजे बाट
स्थान: सिजुओका केन सुरुगा कु मागारीकाने ओसिका ३-१-५८
काबुसिकीगाई ताकारा एम सी ।
(उपस्थित विधार्थी संख्या हेरेर नजिकको हलमा स्थान परिवर्तन हुन सक्ने )
स्थान परिवर्तन हुने भएमा सान्खा योटेई भएका सम्पुर्ण बिधार्थीहरुलाई फेसबुक मार्फत जानाकारी गराइनेछ । बिस्तृत जानाकारीको लागि 08035519986 मा सम्पर्क गर्नुहोला । )

तपाईको प्रतिक्रिया