शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानको राजधानी टोकियोनजिकैको उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् ।

राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान सो बमहरु विस्फोटन भएका थिए । एक पार्कमा महोत्सव चलिरहेका बेला भएको उक्त विस्फोटन के कति कारणले गराइएको हो, सो भने तत्काल प्रष्ट नभएको बताइएको छ ।

सो विस्फोटनहरुमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै दुई घाइते भएका र घटनाको विस्तृत विवरण भने प्राप्त नभएको अग्नी नियन्त्रण विभागका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । घटना परेर हताहत भएका तीन व्यक्ति महिला वा पुरुष हो र उनीहरुको उमेर पनि हाल प्रष्ट नभएको अग्नीनियन्त्रण विभागका एक अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार एक विस्फोट कार पाकिङ्ग इलाकामा भएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार लगातार दुईवटा विस्फोट भएको र विस्फोटपछि गन्ध तथा धुवाँ उडेको थियो ।

तपाईको प्रतिक्रिया