शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – एशियाली फुटबल महासंघ एएफसीले मलेसियामा कात्तिक १७ गतेदेखि हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

ब्रुनाई र टिमोर लेस्टे रहेको समूह एमा परेको नेपालले पहिलो खेल कात्तिक २० गते टिमोर लेस्टेसँग खेल्ने छ । नेपालले कात्तिक २३ गते ब्रुनाईसँग खेल्ने छ ।   समूह बीमा भने श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।

हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक ३० गते हुने छ । एएफसीले २०१८ को विश्वकप र २०१९ को एशिया कपबाट बाहिरिएका टिमहरुबिच एएफसी सोलिडारिटी कप आयोजना गर्न लागेको हो ।

विश्वकप छनौटबाट बाहिरिएका एशियाली टोलीले लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने स्थिति आएपछि एएफसीले नयाँ प्रतियोगिताको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो । यसलाई बन्द भइसकेको एएफसी च्यालेञ्जकपको बिकल्पका रुपमा पनि लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया