शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्टमन्त्री कमल थापा आज बिहान ५ दिने जापान भ्रमण पुरागरी स्वदेश फिर्ता हुनुभएको छ ।  उहाँलाई जापानका लागि नेपाली कार्यबहाक राजदूत कृष्ण चन्द्र अर्याल तथा ओनो जापानका पदाधिकारीहरुले हानिडा विमानस्थलबाट विदाई गर्नुभएको थियो ।

 kamal-thapa-2

थापाले यसपटकको जापान भ्रमण अत्यन्तै महत्वपूर्ण र फलदायी रहेको बताउनु भयो । उहाँले आफ्नो यस भ्रमणले नेपाल जापानबीचको प्रगाढ सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास गर्नुभयो ।

थापाले बुधबार जापानका विदेश राज्यमन्त्री किसी नोबुओसँग शिष्टाचार भेट गर्नुभएको थियो भने सोमबार इवाते गर्भनर ताकोया तासु र इवाते इन्टरनेशनलका प्रमुख केनिची हिरामायासँग पनि नेपाल जापानबीचको सम्बन्ध र आर्थिक विकासमा जापानले पुर्याएको सहयोगको विषयमा चर्चा भएको थियो ।

यसैगरी भ्रमणको क्रममा पूर्व उपप्रधानमन्त्री थापाले प्रवासी नेपाली संगठन ओनो जापानको छैठौं अधिवेशनलाई टोकियोमा सम्बोधन गर्नुभएको थियो ।

थापासँगै भ्रमण टोलीमा राप्रपा नेपाल महिला संगठन सल्लाहकार प्रलीता थापा, केन्द्रिय सदस्यद्धय प्रेम कुमार श्रेष्ठ, राजाराम बर्तौला र प्रवास विभाग प्रमुख विजय खड्काको सहभागीता रहेको थियो ।

सम्पूर्ण संघसंस्था र जापानवासीलाई धन्यवादः ओनो जापान
यसैबीच छैठौं अधिवेशनबाट प्रवासी नेपाली संगठन ओनो जापानको अध्यक्षमा नवनिर्वा्चित हुनुभएका चन्द उपाध्यायले एक प्रेस विज्ञप्ती जारी गरी नेपाली राजदूतावास जापान र सम्पूर्ण जापानका सकृय संघसंस्था र जापानबासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

pp

उहाँले आनो जापानको अधिवेशन र पूर्व उपप्रधान एवं परराष्टमन्त्री कमल थापाको भ्रमणलाई सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण संघ संस्था, बुद्धिजिबी, पत्रकार र जापानबासी नेपालीहरुलाई ओनो जापानको तर्फबाट विशेष धन्यवाद प्रकट गर्दै यो सहयोगले आगामी दिनहरु पनि कार्यक्रमहरु गर्न हौसला बढेको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रवासी नेपालीहरुको हक, हित र अधिकारका लागि ओनो जापानले सबै संघसंस्थाहरुसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया