बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

जापान – सिटी एक्सप्रेस मनि ट्रान्सफरले जापानको सिजुओकामा शाखा सञ्चालन गरेको छ । सिजुओकाको कोमागाता दोरी मा स्थापना गरिएको कार्यालय आइतबारबाट सञ्चालमा आएको हो । 1

मनि ट्रान्सफर जापानका अप्रेशन प्रमुख सिद्धार्थ शाक्य तथा सेभेन सामुराइ इन्टरनेश्नल कम्पनीका प्रमुख रेसम डङ्गोलले संयुक्त रूपमा उदघाटन उक्त शाखाको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै शाक्यले सिजुओका मा सुरु भएको यस शाखाले जापानमा रहेका नेपाली समुदायसहित अन्य विदेशी नागरिकहरुलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै डङ्गोलले शाखा शुभारम्भको अवसरमा रकम पठाउदा यो महिना को अन्तिम सम्म सेवा शुल्क नलाग्ने अफर लागु गरिएको जानकारी पनि दिनुभयो । उदघाटन कार्यक्रममा जनसम्र्पक समिति सिजुओकाका सभापति आनन्द पुलामी, प्रवासी नेपाली मन्च सिजुओका संयोजक बालकृष्ण ढुंगाना, एन आर एन सिजुओकाका रुपक बस्नेत, नमस्ते नेपाल सिजुओकाका दिलीप महर्जन, होटेल व्यवसायी दीपक रेग्मी लगायतकाले सफलता को शुभकामना व्यक्त गर्नुभएको थियो । 2

यस्तै सेभेन सामुराइ इन्टरनेश्नल अन्तर्गत सञ्चाालित हिमालयन मार्ट पनि शुभारम्भमा आएको छ । सिजुओकाको पहिलो नेपाली मार्ट हिमालयन मार्टले शुभारम्भ को अवसरमा सामान खरिद मा १०५ छुट को सुविधा दिएको छ ।

तपाईको प्रतिक्रिया