शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

राजविराज – सप्तरी बोदेवर्षायन गाविस–७ स्थित एक किराना पसलमा गएराति करिब १२ बजे आगलागी हुँदा रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय रामगुलाम साहको किराना पसलमा अचानक विद्युत् सर्ट हुँदा आगलागी भइ सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीबाट किराना पसलमा रहेका सरसामानसहित नगद जिन्सी गरी रु १० लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

आगोलाई प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया