शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलाको ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महँगो भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया