शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – वीर अस्पतालको पुरानो आईसीयूमा रहेकी गंगामाया अधिकारीलाई सोमबार साँझ उच्च ज्वरो देखिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

दोस्रो पटक १९ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारीलाई सोमबार राति १०५ डिग्री ज्वरो देखिएको कामु निर्देशक डा.भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । गंगामायालाई संक्रमणको आशंका गर्दै तत्काल एन्टिबायोटिक औषधि चलाइएको छ ।

माओवादी द्वन्द्वकालमा मारिएका आफ्नो निर्दोष छोराका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै गंगामायाले दोस्रो पटक अनशन सुरु गर्नुभएको हो । ११ महिना लामो आमरण अनशनकै क्रममा उनका श्रीमान् नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया