शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली पाइलटलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

नेपालको विभिन्न वायुसेवा कम्पनीमा कार्यरत पाइलटको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने विशेष सूचनाको आधारमा ब्युरोबाट खटिएको टोलीले स्वच्छन्द घलेलाई यही भदौ ८ गते डिल्लीबजारबाट पक्राउ गरेको थियो । निज घलेलाई प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालय प्रवीणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी साउथ अफ्रिकामा पाइलट कोर्स पूरा गरी नेपाल नागरिक उड्डयान प्राधिकरणबाट इजाजतपत्र लिएका थिए ।

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको आरोपमा राजुकुमार श्रेष्ठलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई सरकारी छाप दस्तखत कीर्ते ऐनअन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया