शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

रोल्पा – रोल्पाबाट वैदेशिक रोजगारका लागि मलेसिया जाने भनेर हिँडेका कोटगाउँका दुई युवा काठमाडौंमा लुटिएका छन् ।

काटगाउँ–७ का मनप्रसाद परियार र कोटगाउँ–९ का ताराप्रसाद परियार शनिबार बिहान साढे ६ बजे काठमाडौंको नयाँ बसपार्कबाट बानेश्वर जानेक्रममा लुटिएको पीडित मनप्रसादले फोन मार्फत गुनासो गरेका छन् ।

शनिबार मलेसियाको फ्लाइट रहेको उनीहरुको साथबाट ५०÷५० हजारका दरले एक लाख लुटिएको छ । १०÷१२ जनाको समूहमा मुखमा मास्क लगाएका लुटेराको समूहले आफूहरुलाई लुटेको पीडितको भनाई छ ।

पैसा लुटिएपछि उनीहरु अलपत्र परेका छन् । उनीहरुको घरमा फोन सम्पर्क नभएकाले थप समस्यामा परेको बताएका छन् ।

तपाईको प्रतिक्रिया