शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ ।

स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए । प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाउनुभएको थियो । उहाँका समर्थक विद्यार्थी लगायतले ‘डा केसी एक्लो छैनौ, हामी तिम्रो साथमा छौं’ जस्ता नारा लगाएका थिए ।

:jf:Yo If]q ;'wf/sf nflu k|bz{g  :jf:Yo If]q ;'wf/sf] ljleGg dfu /fVb} dfOtL3/b]lv gofF afg]Zj/;Dd kbofqfdf ;xefuL x'Fb} cfˆgf ;dy{s;lxt 8f uf]laGb s];L . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा डा केसीले आफूसँग सरकारले गरेकोे सहमति उल्लङ्घन हुने सङ्केत देखिएको बताउनुभयो । सबै नेपालीको गुणस्तरीय शिक्षामा पहुँच होस, पैसा बाधक नहोस् भनी आफूले आन्दोलन गरेको जानकारी गराउनुभयो ।

उहाँले अदुअआका प्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको र संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप लगाउनुभयो । सभामा डा जीवन क्षेत्री, रञ्जु दर्सना, सिर्जना विश्वकर्मा र अस्मिना रञ्जितले केसीले उठाएका माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया