शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सशस्त्र प्रहरीको एपिएफ क्लबले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार पूर्वाञ्चल क्रिकेट टिमलाई १० रनले हराउँदै एपिएफले उपाधि जितेको हो ।

APF(1)

पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित १० ओभरमा एक विकेटको क्षतिमा ६४ रन बनाएको थियो । एपिएफका लागि सीता राना मगरले २९ तथा सरिता मगरले २२ रन बनाए । ६५ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले पाँच विकेटको क्षतिमा ५४ रन मात्र बनाउन सक्यो ।

जितसँगै एपिएफले एक लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बन्दै पूर्वाञ्चलले ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै एपिएफकी  सरिता मगरले १० हजार रुपैयाँ पाएकी छिन् ।

यस्तै उत्कृष्ट ब्याट्सउमन मध्य पश्चिमाञ्चलकी लक्ष्मी चौधरी, उत्कृष्ट बलर पूर्वाञ्चलका सन्तोषी चौधरी र उत्कृष्ट फिल्डर पूर्वाञ्चलकै सबनम राई घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाएका छन् । हङकङमा आगामी अक्टोबरमा हुने महिला विश्वकप २०१६ को एसियाली छनौटका लागि नेपाली टिम चयन गर्न प्रतियोगिता गरिएको हो ।

तपाईको प्रतिक्रिया