शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – चीनमा आएको भीषण बाढीमा परि १ सय ५० जनाको मृत्यु भएको छ ।

चीनको उत्तरी र मध्य भागमा आएको बाढीका कारण हजारौं घरबारविहीन बनेका छन् । बाढीका कारण हेबई र हेनान प्रान्तका हजारौं घर डुबानका परकाले त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बाढीमा सयभन्दा बढी हराईरहेका छन् भने ५० हजार घर ध्वस्त भएका छन् । बाढीका कारण बिजुली आपूर्ति समेत प्रभावित हुँदा हजारौं सर्वसाधारण थप मारमा परेका छन् । उद्धारका लागि परिचालन गरिएका हजारौं उद्धारकर्मीले घरभित्र फसेकाहरुलाई निकाल्नुका साथै ठाउँ ठाउँमा पुरिएका सवारीसाधन पन्छाइरहेका छन् ।

यसैबीच चीन सरकारले बिस्थापितहरुलाई तत्काल राहतको ब्यबस्था मिलाएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया