शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावले प्रमुख तीनवटै दल काँग्रेस, एमाले र माओवादी केन्द्रमा असन्तुष्टि जन्माएको छ । ee

अविश्वासको प्रस्तावको पक्षधर काँग्रेस माओवादी केन्द्रमा मात्र नभई सत्तारुढ एमालेमा पनि केही प्रभावशाली नेताले अविश्वासको प्रस्ताव प्रक्रियाबोरे पार्टी नेतृत्वसँग असन्तुष्टि जनाएका आजको राजधानी दैनिकमा खबर छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अविश्वास प्रस्ताव विषयमा घुमाउरो पारामा असन्तुष्टि जनाउँदै बिहीबार सहमतिका लागि चार बुँदे प्रस्ताव नै ल्याउनुभयो ।

त्यस्तै काँग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्का पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने पक्षमा उभिनुभएको छैन् । त्यस्तै माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ सुरुदेखि नै अविश्वासको प्रस्तावको प्रक्रियाको विरोधमा हुनुहुन्छ ।

एमाले माओवादी केन्द्र गठबन्धन भत्काउन नहुने धारणा उनले सुरुदेखि नै राख्दै आउनुभएको छ । यद्यपि श्रेष्ठको अडान पार्टीमा अल्पमतमा र्पयो ।

तपाईको प्रतिक्रिया