बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौँ – श्रीमान बिदेशीएपछि श्रीमतीहरु विभिन्न बहानामा शहर छिर्ने र समाजले नपचाउने गतिविधिमा संलग्न भएका समाचारहरु हामीले धेरै पटक लेखेका र पढेका छौँ । यी र यस्तै वास्तविक कथालाई समेटेर तीज गीत पनि तयार पारिएको छ । 11

गायक तथा शब्द संकलक नमराज पाण्डेले यही विषयवस्तुलाई उठाँउदै ‘तेरी स्वास्नी पोईला गई’ भन्ने तीज गीत बजारमा ल्याएका हुन् । जन्म दिने बाबु आमालाई विश्वास नगरेर आफ्नी शहर पुर्याएकी श्रीमतीको चर्तिकला गीतमा देखाईएको छ ।

प्रस्तुत गीतको स्वरमा निरु गुरुङले साथ दिएकी छिन् । श्रीमान् बिदेशिएपछि श्रीमती बजार पुगेको र बजारमा धेरै केटा रोजेर मोजमस्ती गरेर श्रीमान्ले पठाएको धनलाई अनावश्यक खर्च गरेको गीतको सन्देश छ ।

खासगरि हास्यब्यङ्य कलाकारिता गरिहरेका पाण्डेले आफ्नो भविष्य गीतसंगीतमै बिताउने बताउदै आएका छन् ।

भिडियो : 

तपाईको प्रतिक्रिया