शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

रातो रंगको केरा विशेषगरी अस्ट्रेलियामा पाइन्छ । अस्ट्रेलियाका साथै वेस्ट इण्डिज, मेक्सिको, जमैका, इक्वेडर लगायतका देशमा पनि पाइन्छ । रातो केराको यो प्रजाति सबैभन्दा पहिले कोस्टारिका देशमा फेला परेको थिए ।

अहिले पूर्वी अफ्रिका तथा दक्षिण अमेरिकामा यसको सबैभनदा धेरै उत्पादन हुने गरेको छ र विश्वका विभिन्न देशमा निर्यात समेत हुने गरेको छ । यो केराको कोसा हल्का गुलाबी रातो रंगको हुन्छ भने स्वाद अन्य केराजस्तै हुन्छ ।

यसमा पर्याप्त भिटामिन सी का साथै क्यालोरी पनि प्रसस्त पाइन्छ । यसमा सोडियम तथा कोलेस्ट्रोल हुँदैन भने म्याग्नेसियम तथा प्रोटिन पर्याप्त पाइन्छ । मुटु सम्बन्धी रोगीका लागि यो कुरा निकै लाभदायी हुने बताइन्छ ।

तपाईको प्रतिक्रिया