शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

बाजुरा – सुदूरका पहाडी जिल्लामा स्वास्थ्यकर्मीले नै रगत दिएर बिरामी बचाउनु पर्ने बाध्यता रहेको छ । बाजुरा, अछाम, बझाङ जिल्लाका वासिन्दामा निरन्तर रगत दिँदा कुनै हानी नहुने भन्ने चेतनाको अभावका कारण रगत अभाव हुने गरेको छ ।
त्यस्तै भएको छ, अछाम धमाली गाविस–९ ३५ वर्षीया जौमती विष्ट पाँच दिन अगाडि नियमित रक्तश्राव भएपछि जिल्ला अस्पताल मंगलसेन पु¥याइयो । रगत अभावका कारण उहाँको त्यहाँ उपचार हुन नसकी बयालगडा अस्पतालमा पठाइयो । त्यहाँ पनि उहाँलाई दिने रगत भएन ।
विष्टका लागि निरन्तर रगत खोज्दा पनि नभेटेपछि उहाँका आफन्तले ज्यान जोगिने आश मारिसकेका थिए । बाजुराबाट गाडीको पैसा तिरेर अछाम पुगेर आफू र भ्याक्सिनेटर पार्वती जोशीले रगत दिई सकेपछि बिरामी बचाउन सफल भएको कुरा महासेठले बताउनुभयो ।
दुईवटा छोरीकी आमा बनिसकेकी विष्टको यो तेस्रो गर्भ थियो । गर्भ खेर गएर रक्तश्रावका कारण उहाँको शरीरमा हेमोग्लोबिन मात्रा ४.५ मात्र थियो । चिकित्सकका अनुसार छ दशमलबभन्दा न्यून रगत रहेकाले उहाँको स्वास्थ्य अवस्था खतरामा रहेको थियो ।

तपाईको प्रतिक्रिया