शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

आबुधाबी – नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र उपाध्यक्ष खिलबहादुर भण्डारी युएई आइपुगेका छन्।

महासंघको युएई शाखाको यहि शुक्रवार हुन गइरहेको चौथो अधिबेशनमा सहभागी हुनका लागि उनीहरु युएई आइपुगेका हुन्। बुधबार युएईको शारजाह एयरपोर्टमा अध्यक्ष र उपाध्यक्षलाई महासंघको युएई शाखाका उपाध्यक्ष भुपराज बस्याल, प्रवक्ता त्रिलोचन कोइराला, कोषाध्यक्ष एकेन्द्रबहादुर थापा, सदस्यहरु लक्ष्मण खनाल, हरि नेपाली लगायतको टोलीले स्वागत गरेका थिए ।

महासंघको युएई शाखाले चौथो अधिबेशनको पूर्व सन्ध्यामा बिहिवार साँझ दुबईमा पत्रकारिता तालिमको आयोजना गर्दैछ । महासंघका अध्यक्ष डा. बिष्ट र उपाध्यक्ष भण्डारीको उपस्थितिमा हुन गइरहेको उक्त तालिम बिशेष महत्वको हुने शाखाका प्रवक्ता त्रिलोचन कोइरालाले बताएका छन् । त्यसैगरी अधिबेसन घोषणाका शभाका साथमा महासंघले ‘बैदेशिक रोजगारप्रतिको आकर्षण र यसले नेपाली समाजमा पारेको असर’ बिषयक बृहत अन्तरकृया कार्यक्रम समेत आयोजना गरेको छ । आफ्नो चौथो अधिबेशनको सम्पूर्ण तयारी पुरा भइसकेको यस अघि नै यूएई शाखाले जनाईसकेको छ ।

घोषणा शभा तथा अन्तरकृया कार्यक्रम एभरेष्ट इन्टरनेशनल होटेल बरदुबईमा हुने महासंघको युएई शाखाले जनाएको छ । घोषित कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लागि अन्तिम चरणका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको शाखाका अध्यक्ष अर्जुन दाहालले बताएका छन् । ***

तपाईको प्रतिक्रिया