शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

म्युनिख (जर्मनी)- ‘मानिस ठुलो दीलले हुन्छ , जातले हुँदैन’ अती सरल तर महान युक्तिका रचनाकार एवं नेपाली भाषा साहित्यका महाकवि लक्ष्मीप्रसाद् देवकोटाको १०५ औं जन्म जयन्ती भव्यतापूर्वक म्युनिखको नेपाली भोजनालय याक एन्ड एती म्युनिखमा मनाइयो ।

गाई तिहारे औंसीको दिन जन्मिनु भएका महाकवि देवकोटाको गहिरो तथा प्रातस्मरण गर्दै वँहाको वारेमा समस्त साहभागिहरुबाट साहित्यिक रचनाहरु वाचन गर्नु भएको थियो ।

एनआरएनए जर्मनीका वरिष्ट उपाध्यक्ष नवराज रोस्याराको शुभ कामना मन्तव्यबाट आरम्भ भएको उक्त साहित्यिक जमघटमा सुन्ने भन्दा सुनाउने सर्जकहरुको संख्या उल्लेख्य रुपमा पाइन्थ्यो । महाकवि देवकोटाको जीवनी ,कृतित्व , कवित्व लगायत सामाजिक बिषयमा दिनुभएको योगदानहरुका वारेमा खड्ग न्यौपानेले छोटोछरितो र मोटामोटी चर्चा गर्नुभएको थियो ।

सन्ध्याकालिन सिर्सिरे हावा र ठन्डी मौसमलाई पनि किन्चित पर्वाह नगरी सहभागी हुन आउनु भएका सबैमा नेपाली भाषा र साहित्यप्रति अगाध स्नेह,गहिरो माया र अपूर्व अनुराग रहेको प्रतित हुन्थ्यो । साहित्यनुरागीहरुका रचना प्रस्तुतिहरुलाई सर्सर्ती हेर्दा, सुन्दा र केलाउँदा, यस्तो लाग्थ्यो की, सबै सर्जकहरु दम्दार र खारिएका अर्थात एक से एक हुनुहुन्थो ।

नवराज रोस्याराले आफु सानो छँदा देवकोटाको मुनामदन गिती नाटकमा गरेको अभिनयको मार्मिक प्रसँगहरु झिकेर केही हरफहरु समेत् प्रस्तुत गर्नु भएको थियो । कवयत्रि रस्मिला कवनको सालीन गजल प्रस्तुतिमा शीर देखि तीर सम्मै महाकवि देवकोटा प्रति समर्पित रहेको पाइन्थ्यो । कवि सुवासचन्द्र सापकोटाबाट रचना प्रस्तुत गर्ने क्रममा प्रेमोत्तेजनात्मक कविता प्रस्तुतिले बातावरण नै नजानिदो गरी उत्तेजित बनेको भान् हुन्थ्यो । सापकोटाको गजल प्रस्तुतिको श्रीङ्खलाले रसिलो र कसिलो काल्पनिक प्रेम कहानीमा सबै जना टोलाएर नसाले झुम्म हुँदै श्रवण गरिरहेका देखिन्थे ।

कवयत्रि रमिता महर्जनको लयवद्द कविता प्रतुतिले झनै सबैको ध्यान एकाग्र बनाएको थियो । महाकवि देवकोटाको जन्म जयन्तीको पावन अवसरमा उहाँको बारेमा र सम्मानमा उपस्थित सबैबाट आ-आफ्ना सटिक भनाइहरु र श्रद्धा सुमन व्यक्त गरियो । यस क्रममा हिमालयन परिवार म्युनिखका अध्यक्ष हरि न्यौपाने , याक एन्ड एतिका संचालक सन्चमान जबेगु , नगेन्द्रमान खत्री , अरुण शाह ,सुदिपजङ कार्की र भट्टले अझै भविस्यमा सुरु गरिनु पर्ने यस्ता कार्यहरुका महत्वपूर्ण बिषयहरुमा केन्द्रित भएर प्रस्तुत हुनुभएको थियो ।

कार्यक्रम कै सिलसिलामा नेपाली भाषा साहित्यलाई सम्म्रक्क्षण , सम्बर्धन र त्यसको बिकास बिस्तार गर्नु पर्ने समग्र महसुस गरियो । साथै संस्थागत रुपमा निर्माण गरेर लैजाने समेत् छलफलबाट निष्कर्शमा पुगेपछि, आगामी डिसेम्बर महिनाभित्र ब्यापक र व्यबस्थित साहित्यिक भेला गर्ने हेतुले सो ब्यवस्थापनाका लागि नगेन्द्रमान खत्रीको संयोजकत्वमा सदस्यहरु रस्मिला कवन , सुबाशचन्द्र सापकोटा , सन्चमान जबेगु , शारदा शर्मा , रमिता महर्जन र सूर्य तिवारी रहनु भएको कमिटी गठन गरियो ।

तपाईको प्रतिक्रिया