शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

युएई -नेपाल विश्व  सहयोग संघ युएई शाखा  तथा सामाजिक हृदय समूह नेपालको आयोजनामा  युएईमा हाजिरी जवाफ कार्यक्रम हुने भएको छ ।

आगामी नोभेम्बर ८ तारिख  दुवईको जाबेल पार्कमा हुन गईरहेको सो प्रतियोगिता युएईमा नै पहिलो हुन लागेको आयोजकको दावी छ ।

युएईमा रहेका संघसंस्था तथा व्यक्तिगतरूपमा समेत प्रतियोगीतामा भाग लिन पाउने जनाइएको छ । एक टिममा तीन सदस्य रहने आयोजक समितिका संयोजक दिपकराज पौडेलले बताए ।

उक्त हाजिरीजवाफ प्रतियोगीतामा भाग लिनको लागि नोभेम्बरको ४ तारिख सम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्ने कुरा पनि संयोजक पौडेलले बताए । 

उक्त प्रतियोगिताको दिनसम्म नेपालीहरूको दोस्रो महान पर्व तिहार सकिए तापनि शुभ दीपावलीको शुभकामना आदान-प्रदान सहित प्रतियोगिता हुन लागेको आयोजकले बताएको छ । ***

 

 

तपाईको प्रतिक्रिया