शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं- पहिलो सन्तानकोरुपमा छोरो जन्माएको एक वर्षपछि अभिनेत्री सञ्चिता लुइँटेलले छोरी जन्माएकी छन् । नायक निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी अभिनेत्री लुइँटेलले सोमबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा छोरी जन्माएकी हुन् । पहिलो सन्तान पनि नर्भिकमै जन्मिएको थियो ।
सोमबार साँझ ७ बजेर ४० मिनेट जाँदा ३ किलो ८ सय ग्राम तौल भएकी छोरी जन्मिएकी सञ्चिताकी बहिनी शिवानीले जानकारी दिइन् । डाक्टरले दिएको डेट अनुसार एक साताअघि नै कृष्णजन्माष्टमीका दिन सञ्चितालाई अस्पताल लगिए पनि डाक्टरले केही दिन अझै लाग्ने बताएका थिए ।
नायक उप्रेती भने दुई वर्षदेखि मुम्बईमा छन् । तर बिच बिचमा उनी नेपाल आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया