शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं- गत वर्षको गाईजात्रादेखि फुटेका केदार घिमिरे (माग्नेबूढा) र सीताराम कट्टेल (धुर्मुस) ले यसपटक पनि अलग अलग गाईजात्रा टोलीमा सहभागी हुने भएका छन् ।
उनीहरुको चर्चित टेलिसिरियल मेरी बास्सैमा अलग अलग कथामा देखिएका उनीहरुले गाईजात्रे टोली पनि अलग बनाएका छन् । धुर्मुस दीपकराज गिरी नेतृत्वको तिते-जिरे-मेरीबास्सै टोलीमा छन् भने माग्नेबुढा मेरीबास्सै-झ्याईंकुटी झ्याईं-जय होस् टिममा छन् ।
साउन १८ देखि पहिलेझैं यसपालि पनि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै महोत्सव हुनेछ । सभागृहमा ‘झ्याइँकुटी झ्याइँ’ र ‘जय होस्’ को समूहलाई ‘मेरी बास्सै’को केदारको समूहले साथ दिनेछ भने प्रज्ञामा ‘तीतो सत्य,’ ‘जिरे खुर्सानी’ समूहलाई सीतारामको ‘मेरी बास्सै’ समूहले । ‘यसरी छुट्टएिर गर्नु राम्रो हुन्थेन,’ केदारले भने, ‘सँगै गर्ने प्रयास पनि गरेको हुँ तर सकिनँ ।’
केदारले गाईजात्रा संयोजक रहेका दीपकराज गिरीसँग कार्यक्रमबारे बुझ्न जाँदा गर्न नपाउने बुझेपछि भारी मनले अर्को समूहको महोत्सवमा सामेल हुन परेको दाबी गरे ।
उनी सहित सुरज चापागाईं ‘बान्द्रे’, सुनीता गौतम ‘मैया’, राजु मास्टर लगायत सात जनाको समूहले सभागृहमा ‘भेटेनरी क्लिनिक’ देखाउनेछ । सीताराम सहित कुञ्जना ‘सुन्तली’, ज्योति काफ्ले, सुरवीर पण्डित लगायतको अर्को सात जनाको समूहले ‘रेस्लिङ’ देखाउँदै छ । ***

तपाईको प्रतिक्रिया