शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं– बलिउड अभिनेता अक्षयकुमार नेपाल आएका छन् । निजी भ्रमणमा आएका उनको काठमाडौंमा कुनै औपचारिक कार्यक्रम नभएको बताइएको छ ।
एक कराँते टुर्नामेन्टको प्रचारका लागि केही समयपछि नेपाल आउने औपचारिक कार्यक्रम हँुदाहुँदै उनी नेपाल आएका हुन् । त्यसबेला उनीसहित नायिका दीपिका पादुकोण पनि आउनेछिन् ।
अक्षयकुमार केही दिन हायात होटलमै बस्ने बताइएको छ । तर उनले आफ्नो फेसबुक तथा ट्विटरमा नेपाल आएको सुइँको दिएका छैनन् ।

तपाईको प्रतिक्रिया