सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – गायक पुस्कल शर्माले केही समय अगाडी आफू मरेको एउटा गित बजारमा ल्याउनुभएको थियो । उहाँले सपनामा आफैं मरेको देखेपछि त्यसलाई गित बनाएर बजारमा पठाउनुभयो । बजारमा आएलग्त्तै विभिन्न टिकाटिप्पणी भएका थिए । त्यो गितको ।

त्यो वास्तविकता नभै एक कलाकारले आफु मरे पछी पाउने सम्मानका बिषयमा देखिएको सपना थियो । भिडियो पूरै नहेरेकाहरुका लागि केही बुझन नसिकने खालको भएपनि सबै भिडियो हेर्नेहरुले सहजै बुझन सक्थे ।

गायक पुष्कलले आफु मरेको यथार्थतालाई उक्त मुटु जलाई जलाई भाग ३ मलामी नामक भिडियोको अन्तिममा सपना स्वरूप छर्लंग पार्नुभएको थियो । भिडियो आएलगत्तै पुष्कलले मलामी घटाए भन्ने हरु पनि थिए भने, एउटा कलाकारले आफूले सपनामा देखेको कुरा गितमा लेखेको भन्नेहरु पनि थिए ।

त्यसैले आफु मरेको छैन भन्दै जवाफ स्वरूप उहाँमुटु जलाई जलाई भाग ४ ” म मरेको छैन ” बोलको गीतलाई सार्बजनिक गर्नुभएको छ । प्रस्तुत गीतको सुरुवाती यसरी हुन्छ ‘.. कतिले त मलामी घट्यो भने ‘ मनमा थियो मन बाटै हट्यो भने ‘. नरोउ साथी नरोउ ‘. म मरेको छैन ‘ मैले गल्ति गरेको होइन ‘ यस्तै यस्तै भयो साथी यस्तै त्यस्तै भयो ‘‘.. उहाँले गीतको बीच– चमा आफ्नो आवाजका सम्बाद पनी राख्नभएको छ ।

म्युजिक भिडियोमा बिगतको घटनालाई पुष्कलले म मरेको छैन भन्दै प्रष्ट पार्नुभएको छ ।  गीत तथा भिडियोमा पुस्कलकै लय शब्द स्वर निर्देशन र अभिनय छ ।


तपाईको प्रतिक्रिया