मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । भरोसामा काम हुने छैनन । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । व्यापार मन्द रहला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  कर्म प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । कार्य क्षमता बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम पाईनेछ । सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कर्म क्षेत्रमा दुष्टहरुको आगमन हुनेछ । काम काजमा अवरोध आउने क्रम रोकिने छैन । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा काम गर्नु होला । गोचरबाट दिन अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल होलान् । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गरेमा नोकरी तथा राजनीतिमा अवसर मिल्नेछ । आत्मविश्वासका साथ कर्म क्षेत्रमा लाग्नु होला । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समय सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारको सहयोग थोरै मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा अझै सुधार आउने देखिन्न । अनावस्यक विषय वस्तुमा समय बढि खर्च हुनेछ । उपलब्धिका काम थकिएर बस्ने छन् । गरेका कामले पूर्णता पाउने छैन ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयलाई बुझेर काम गर्नु होला अवसर फुत्किन सक्छ । गरेका कामबाट धेर थोर लाभ हुनेछ । विदेश यात्राको योग देखिन्छ । साझपख तनाव बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  संघर्षको परिणाम सुखद निस्कनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । नयाँ कार्य योजनाका बारेमा विचार विमर्श हुनेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय सामान्य देखिन्छ । कुनै पनि काम गर्न आफै अगाडि बढ्नु होला । अरुको भरमा मात्रै काम हुने छैनन । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  हतारमा गरेका काम विग्रिन सक्छन् । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए सफलता मिल्नेछ । लगानी अनुसारको फल नमिल्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  ढिला नगरि अवसरको सदुपयोग गर्नु होला । गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पछि परिने छैन । व्यापारबाट आय आर्जन राम्रै होला ।

——————————————–

तपाईको प्रतिक्रिया