मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । गरेका कामबाट अरु प्रभावित हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  विचार पुर्याउन सकिएन भने काम गरेर अरुलाई फाइदा हुनेछ । इष्टमित्रका कारण काममा अप्ठ्यारो पर्न सक्छ । धन क्षय हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  उत्तम काममा व्यस्त हुनुहुनेछ । समयको ख्याल राखेर काम गर्नु होला । व्यापार व्यवसाय बढि फलदायि देखिन्छ । जीवन साथिको चिन्ताले सताउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मन ढुक्क हुने छैन । काममा आफुले सोचे जस्तो प्रगति हुने छैन । व्यर्थकोे घुमाई फिराई होला । काम गर्दा विभिन्न झन्झट वेहोर्नु पर्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । अपरान्ह देखि काममा अवरोध आउनेछ । खर्च बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कर्म बलियो देखिन्छ । भाग्यले साथ दिनेछ । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): घर डेराको समस्या समाधान भएर जानेछ । कार्य योजना बनाए काम गर्नु होला यत्नपूर्वक गरेका काम सफल हुनेछन् । विशेष गरेर अपरान्हबाट काममा सहजीकरण हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  स्वास्थ्यमा समस्या आउन सक्छ, खान पानमा ध्यान दिनु होला । व्यापार घट्नेछ । चिन्ताले छोड्ने छैन । मध्यान्ह देखि समयमा सामान्य सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयको गति सगै प्रतिकुलता बढ्नेछ । काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ स्वतन्त्र रुपमा काम गर्नु होला । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ भने लिन सकिनेछ ।

 

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कार्य सम्पादन गर्न धेरै श्रम लगानी गर्नु पर्नेछ । अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । यात्रामा कष्ट हुनेछ । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  सोचे जस्तो र गरे जस्तो कहि हुने छैन । समय प्रतिकुल देखिन्छ खर्चमा वृद्धि हुनेछ । काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया