सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं, वर्षर्तुः, राक्षस नाम संवत्सर,श्रीशाके १९४३, सम्वत २०७८साल श्रावण २ गते शनिबार नेपाल सम्बत ११४१ दिल्लाथ्व,सन् २०२१ जुलाई १७ तारिक शुक्लपक्ष अष्टमी तिथि राती १२ वजेर २ मिनेटसम्म (जापानमा राती ३ वजेर १७ मिनेटसम्म), चित्रा नक्षत्र राती ११ वजेर ५३ मिनेटसम्म (जापानमा ३ वजेर ८ मिनेटसम्म), शिवयोग,भद्रा करण,आनन्दादियोग काण,सूर्य कर्कट राशिमा,चन्द्रमा मध्यान्ह १२ वजेर ३४ मिनेटसम्म (जापामा अपरान्ह ३ वजेर ४९ मिनेटसम्म) कन्या उप्रान्त तुला राशीमा । योगिनी ईशान्य दिशामा,काल पूर्व दिशामा र पाश पश्चिम दिशामा,चन्द्रमा मध्यान्ह १२-३४ वजेसम्म दक्षिण उप्रान्त पश्चिम दिशामा शुक्र पश्चिम दिशामा रहने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यान्त्रिक काममा लगानी नबढाउनु होला । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । श्रमको मूल्य लिन निकै संघर्ष गर्नु पर्नेछ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र लाभ लिन सकिनेछ । राजनीति तथा नोकरीबाट सन्तोष मिल्ने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): स्थिर भएर काममा लाग्नु होला । लगनशिल भएर गरेका कामबाट मात्र लाभ लिन सकिनेछ । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । प्रेमिकाबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । सहयोग गर्ने कमै भेटिने छन् । व्यापारबाट थोरै आम्दानी हुनेछ । गोपनियता कायम राखेर अगाडि बढ्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): धन सम्पति हराउने वा चोरी हुने सम्भावना बढि देखिन्छ सतर्क हुनुहोला । आफन्त सँगको आत्मियता टुट्न सक्छ । समस्याबाट पीडित हुनुहुनेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आपसमा मनमुटाव बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको कुरा सुनेर कुनै काम नगर्नु होला असफलता मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । साँझपख खर्च विवाद र तनाव बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल देखिन्छ । बाह्य व्यक्तिको आशा र भरोसामा काम नगर्नु होला डुविनेछ । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): संवेदनशिल भएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ तर लगानी गर्दा विचार पु¥याउनु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । इष्टमित्र सकरात्मक हुनेछन् । घर खर्च बढि नै होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मध्यान्ह सम्म समयले त्यति साथ दिने देखिदैन । सहज वातावरणमा काम गर्न पाईने छैन । सोचाईका विपरित काम हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । अपरान्हबाट समयले साथ दिनेछ राज्यसँग सरोकार रहेका विषय वस्तुले प्राथामिकता पाउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): साथी भाईलाई दिएको धन फिर्ता हुनसक्छ । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आत्मिय मित्रबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता घट्ने छैन तर समयमा काम गर्न सकिएन भने उचित उपलब्धि हात पर्ने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): ग्रह,गोचरबाट दिन अनुकुल जस्तै देखिन्छ । काम काजमा प्रगति हुनेछ । काम गरे अनुसारको लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् । विगतमा विग्रेको सम्बन्धमा सुधार आउनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा भने विचार पु-याउनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मध्यान्हबाट समयमा सुधार आउने छ । विगतमा रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । धार्मिक काममा सहभागि हुने अवसर मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । जीवन साथीको सहयोग मिल्नेछ । बाह्य व्यक्ति सँग मिलेर कुनै काम नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा अझै सुधार आउने देखिन्न । असहज परिस्थितिमा काम गर्नु पर्ला । विगतका उपलब्धि गुम्न सक्छ सचेत रहनुहोला । आफन्त सँगको विश्वास र भरोसा टुट्ने छ । फजुल खर्च बढ्नेछ । कारोवारमा ध्यान दिनु होला, दिएको धन डुब्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार घाटा बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिनको पूवाद्र्ध अनुकुल देखिन्छ समयमा कार्य सम्पादन गर्न तिर जोड दिनु होला नत्र आएको अवसर गुम्नेछ । वातावरण मिलाएर अगाडि बढ्नु पर्ने देखिन्छ । आर्थिक करोवारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । मध्यान्ह पछि खर्च विवाद तथा तनाव बढ्नेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया