आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल आषाढ २४गते विहिबार नेपाल सम्बत ११४१ तछलागा तदनुसार सन् २०२१ जुलाई ८ तारिक कृष्णपक्ष चतुर्दशी तिथि राती ४ वजेर ३६ मिनेटसम्म (जापानमा त्रयोदशी तिथि विहान ६ वजेर १० मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि ),मृगशिरा नक्षत्र राती ९ वजेर १६ मिनेटसम्म ( जापानमा राती १२ वजेर ३१ मिनेटसम्म ),वृद्धियोग,भद्राकरण,आनन्दादियोग मृत्यु,सूर्य मिथुन राशिमा, चन्द्रमा विहान ८ वजेर ६ मिनेटसम्म ( जापानमा पूर्वान्ह ११ वजेर २१ मिनेटसम्म ) वृष उप्रान्त मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्ने वातावरण सहज बन्दै जानेछ । मध्यान्ह पछिको समयले अझै साथ दिनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । साथी भाई इष्टमित्रको सहयोग सहानुभूति पनि मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा कार्यभार थपिनेछ । कला सहित्य तथा यान्त्रिक काममा रुची बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयलाई बुझेर काम गर्नु होला । काम गर्न पूर्वान्ह जति सहज मध्यान्ह पछि समय हुनेछैन । अरुको भरमा मात्रै काम नगर्नु होला । लगनशिलि भई गरेका काम सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाइ काम गर्नु होला । पेशा परिवर्तनको चाहान बढ्नेछ । आफन्तका कारण विवाद फसिन सक्छ सचेत हुनुुहोला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पूर्वान्हमा कुनै काम नगर्नु होला असफल भईनेछ । मध्यान्ह पछि समयले विस्तारै साथ दिनेछ । बाधा व्यवधान हट्दै जानेछन् । कार्य लगनशिलता बढ्नेछ । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ तर प्रयत्न गरेमा समाधान गर्न सकिने छ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । अनुशन्धनात्मक कार्यमा बढि सफलता मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रातःकालमा गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ भने मध्यान्ह पछिका कामबाट गुमाउने मात्रै होला । खर्चका शिर्षक बढ्ने छन् । व्यापारबाट मुनाफ हराउनेछ । राम्रा काममा भन्दा नराम्रा काम बढि हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । अनावस्यक विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न । चोटपटकको भय देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय अनुकुल छ भन्दा बढि हुने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट नाफा लिन सकिनेछ । आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । शत्रुहरु कमजोर बन्ने छन् । समयको सदुपयोग गर्नुहोला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै काममा सुधार आउनेछ । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्ने योजना बन्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने वातावरण अझै मिल्ने छैन । गलत चिन्तनको शिकार हुने सम्भावना देखिन्छ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । धार्मिक विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मध्यान्ह पूर्व गरेका अधिकाँश काम सफल हुनेछन् भने अपरान्हबाट काममा अवरोध आउने देखिन्छ । यात्रामा कठिनाई हुनेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यवसायिक गतिविध कम हुनेछन् । सम्पन्नोन्मुख काम पनि रोकिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । जोखिम मोलेर काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समस्यासँग खेली खेली कार्य सम्पादन गरिनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । विवादको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र व्यवहार गर्नुहोला । उधारो कारोवार गर्दा पछि उठाउन गाह्रो हुनेछ । हरेक क्षेत्रमा कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विना सोच विचार कुनै पनि काममा हात नहाल्नुहोला । योजनाबद्ध अगाडि बढ्नु पर्ने देखिन्छ । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । पठन पाठनमा प्रगति हुनेछ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । साझेदारी काम नगर्नु होला । विवादबाट टाढा बस्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समस्याको पहिचान गरेर मात्रै काम अगाडि बढाउनु होला । भ्रममा नपरि काम गर्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिनेछ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । राज्य सँग सम्बन्धित काममा घाटा हुनेछ । भौतिक सुखानुभूति कम हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कुनै कुराको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । मध्यान्ह पछिको समयले कम साथ दिनेछ । घर परिवारमा समस्या बढ्ने छन् । आफन्तबाट उचित सहयोग पाईने छैन । कार्य शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट समोचित लाभ लिन सकिने छैन । पढाई र सन्तानको विषयलाई लिएर सन्तोष लिन पाईने छैन । लगानी नबढाउनु होला ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया