Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले नेपालको औपचारिक भ्रमण गर्ने भएकी छन् । आगामी मे महिनाको ५ तारिकमा कामिकावाले नेपालको औपचारिक भ्रमण गर्ने जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको सिलसिलामा उनले आफ्नो समकक्षी नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग दुईपक्षीय हितका विषयहरूमा वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भेटमा सन् २०२६ मा नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुग्ने विषयमा कुराकानी गरिने जापानको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।यस्तै नेपाल अति कम विकसित मुलुकबाट माथि उक्लिनका लागि पनि जापानसँगको सम्बन्ध र सहयोगका विषयहरूमा कुराकानी हुने जनाइएको छ ।

जापानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सन् २०२२ मा जापानमा राजदूत नियुक्ति हुनासाथ जापानबाट नेपाल र नेपालबाट जापानमा उच्च स्तरीय भ्रमण गराउन पहल गरिरहेका थिए । विभिन्न औपचारिक तथा अनौपचारिक भेटघाटहरूमा राजदूत डा सुवेदीले कूटनीतिक च्यानल तथा व्यक्तिगत रूपमा पनि नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । आसन्न नेपालको लगानी सम्मेलनमा पनि जापानबाट ४० भन्दा बढी सहभागीहरूले भाग लिने योजना रहेको छ ।

 

तपाईको प्रतिक्रिया