Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता उल्लंघन गरेका उम्मेदवार मिलन लिम्बूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने भएको छ । शनिबार मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोध्ने भएको हो ।

निर्वाचन आचारसंहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ । तर लिम्बू पार्टीको चुनाव चिह्न अंकित ब्याज लगाएरै मतदान केन्द्रमा पुगी मत दिएर बाहिरिएका थिए । लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको फोटो बाहिरिएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोध्न निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया