Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेकी पूर्व सांसद शान्ता चौधरी स्नातक तहको पहिलो वर्षको परीक्षामा अनुत्तीर्ण भएकी छिन् । उनले सामाजिक सञ्जालबाट आफैले फेल भएको जानकारी दिएकी हुन् ।

उनका अनुसार अंग्रेजी र आरडी विषय फेल गरेकी छिन् । तर, उनले अझै हरेस नखाएको बताएकी छिन् ।

उनले भनेका छिन्, ‘लौ जा यो पटक चाहिँ ब्याचलर फर्स्ट इयरमै फेल भइयो है, बुढेसकालको पढाइ न पर्‍यो, केही छैन लडेर फेरि उठ्ने छु, यसरी नै हिम्मत गरेर अगाडि बढ्न हुन अनुरोध गरे मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई, बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई, अंग्रेजी र आरडी यो दुई वटा विषयले दिमाग खराब गर्‍यो ।’

तपाईको प्रतिक्रिया