आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल आषाढ २३ गते बुधबार नेपाल सम्बत ११४१ तछलागा तदनुसार सन् २०२१ जुलाई ७ तारिक कृष्णपक्ष त्रयोदशी तिथि राती २वजेर ५५ मिनेटसम्म(जापानमा अहोरात्र),रोहिणी नक्षत्र अपरान्ह ६ वजेर ५२ मिनेटसम्म (जापानमा राती १० वजेर ७ मिनेटसम्म),गण्डयोग,गरकरण, आनन्दादियोग शुभ,सूर्य मिथुन राशिमा,चन्द्रमा वृष राशीमा । योगिनी दक्षिण दिशामा,काल नैऋत्य दिशामा,चन्द्रमा दक्षिण दिशामा र शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुखको अनुभूति कम हुनेछ । प्रयत्न पूर्वक गरेमा काममा सफलता मिल्नेछ । हेलचक्र्याई होईन समयमा सचेत हुनु आवस्यक देखिन्छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ । इज्जतको ख्याल राख्नुहोला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य क्षमतामा ह्रास आउने छैन । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दैनिक काम काजमा अवरोध आउने देखिन्छ । अरुको वोझले थिच्नेछ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा नोक्सान बढि होला । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । राज्यबाट दण्डित हुने अवस्था आउन सक्छ सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने वातावरण भत्किने छैन सदुपयोग गर्नु होला । कार्य लगशिलता बढाउनु होला । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । सहयोगी मन भेटिने छन् । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । मिलेर भने पटक्कै काम नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अविश्वासका बादल हट्ने छन् । काम गर्दा थोरै सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । शत्रु नास हुनेछन् । राजनैतिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समय अरुको काममा बढि खर्च हुनसक्छ,आफ्ना कामलाई केन्द्र विन्दुमा राखेर गर्दा उपयुक्त हुनेछ । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । धर्मिक विश्वास बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तपाईको यात्रा अनुकुलताबाट प्रतिकुलता तिर मोडिनेछ विचार पु¥याउनु होला । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । गरेका कामले पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । नयाँ क्षेत्रमा लगानी बढाउनु गलत हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय परिस्थितिले साथ दिनेछ । उपलब्धिका बाटाहरु देखिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अरुको भर नपरि काम गर्नु होला । राजनैतिक गतिविधि सक्रिय भएर केहि मिल्ने छैन । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । भाग्यले साथ दिनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कार्य सम्पादनमा कठिनाई हुनेछ । धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् र लाभ पनि हुनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । अरुको पूर्ण विश्वास गर्दा धोका हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दुविधामा नपरि कार्य क्षेत्रमा अगाडि बढ्नु होला । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ हुने छैन । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । भय आतुरमा गरेका कामले पछि पिरोल्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना तयारी केहि नगर्नु होला नोक्सान बढि हुनेछ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए सफलता मिल्नेछ । पारिवारिक समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । माल समान चोरी वा हराउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): उपलब्धिका दृष्टिबाट दिन राम्रै देखिन्छ । अरुको भर पर्नु पर्ने छैन,आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । न्याय मार्ग कमजोर देखिन्छ भने वैदेशिक एवं शैक्षिक मार्ग सफल देखिन्छन् । कुरा भन्दा काममा जोड दिनु होला ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया