शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल आषाढ ७ गते सोमबार नेपाल सम्बत ११४१ तछलाथ्व तदनुसार सन् २०२१ जून २१ तारिक शुक्लपक्ष एकादशी तिथि विहान १० वजेर ८ मिनेटसम्म ( जापानमा अपरान्ह १ वजेर २३ मिनेटसम्म ),स्वाती नक्षत्र अपरान्ह २ वजेर १४ मिनेटसम्म ( जापानमा अपरान्ह ५ वजेर २९ मिनेटसम्म ),शिवयोग,भद्राकरण,आनन्दादियोग छत्र,सूर्य मिथुन राशिमा,चन्द्रमा तुला राशीमा । योगिनी आग्नेय दिशामा,काल वायव्य दिशामा आग्नेय दक्षिण दिशामा । चन्द्रमा र शुक्र पश्चिम दिशामा दिन भर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दैनिक काम सुचारु रुपमा अगाडि बढ्नेछन् । सक्रियता बढाउनु होला । काममा ढिला सुस्ति गरेमा उपलब्धि थोरै हात लाग्नेछ । तर आजको अधिकाँश समय भने अनुकुल नै देखिन्छ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन हुने नै छ । प्रेरणाका स्रोत भेटिने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): संघर्ष बढि नै गर्नु पर्नेछ । गोपनियता भङ्ग गरेमा आफैलाई घाटा हुनेछ । भय त्रासको अन्त्य हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । विवादित विषयको टुङ्गो लाग्नेछ । काम गर्दा आफ्नो हात माथि पर्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । सहयोग गर्ने कमै भेटिने छन् । नयाँ कार्य योजनाका बारेमा छलफल हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अन्योलता हटेर जानेछ । गरेका काम सफल हुनेछन् । विशेष गरेर महिलाको सहयोग लिएर काम गर्नु बढि लाभदायक होला । सक्रिताले नै सफलताको शिखर चढाउनेछ । दैनिक काम काजबाट सामान्य लाभ हुनेछ । यात्रामा कठिनाई आउन सक्छ । आम्दानीलाई बचाउन गाह्रोे हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । घरयासी खर्च बढ्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । आफ्नो स्वार्थको लागि कसैले उचाल्ने काम गर्न सक्छन् बुझेर मात्र काम गर्नुहोला । भौतिक सुख,शान्तिमा कमी आउनेछ । आहार विहार नमिलाउदा स्वास्थ्य कमजोर बन्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अल्छि गर्दा अवसर गुम्नेछ भने सक्रियताले शिखर चुमाउनेछ । समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । कला सहित्य न्याय तथा शैक्षिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ । मान सम्मान मिल्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): ग्रह,गोचर सामान्यतया मध्यम देखिन्छ । प्रयत्नपूर्वं गरेका काम सफल हुनेछन् भने अरुको भरमा मात्रै काम गर्नु भयो भने असफल हुने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विना सोच विचार कुनै पनि विषयमा निर्णय लिनु गलत हुनेछ । इष्टमित्र साथी भाईको सल्लाह लिएर काम गर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भोग विलासिता तिर मात्रै मन नदिई काम तिर पनि ध्यान दिनु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । वास्तुकला तथा निमार्ण सम्बन्धि कामबाट बढि लाभ हुनेछ । वौैद्धिक व्यक्तित्व सँग नयाँ विषय बस्तुका बारेमा विचार विमर्श हुनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफुले सोचे जस्तो हुने छैन । परिश्रम अनुसारको प्रतिफल कम मिल्नेछ । खुला रुपमा काम गर्न गाह्रो हुनेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । भौतिक चिन्तन बढि हुनेछ । व्यर्थको घुमाई फिराई भेटघाटमा समय बढि खर्च हुने देखिन्छ । उपकारी काममा धन खर्च हुनेछ । अस्थिरता बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयको सदुपयोग गर्नु होला ढिला सुस्ति गर्दा उचित लाभ लिन सकिने छैन । एउटा कामको टुङ्गो नलगाई आर्को काममा हात नहाल्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तका कारण खर्च गर्नु पर्ने बाध्यात्मक स्थितिको सृजना हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): स्थिर भएर काम गर्नु होला । तपाईका सोच र विचार सर्वमान्य हुनेछन् । कामले प्राथमिकता पाउनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिन्न । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यवसायमा नयाँ सम्भावना देखिने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा विस्तारै सुधार आउनेछ । लगनशिलता बढाउनु होला । अरुका कामलाई कम प्राथमिकता दिनुहोला नत्र आफ्ना काम अधुरा रहनेछन् । यात्राको सम्भावना लाई नकार्न सकिन्न । धार्मिक काममा सक्रियता बढ्नेछ । आस्था र विश्वास बढ्नेछ । कला सहित्यतिर मन जानेछ । विरोधी कमजोर बन्नेछन् । समस्या घट्दै जानेछन् ।
मिनः–

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): सोचे जस्तो समयले साथ दिने छैन । नयाँ कामको शुरुवत नगर्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । गलत विचार बढ्नेछ । उपलब्धि विहिन खर्च बढ्नेछ । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । अरुको भर परेर काम गर्नु भयो भने दुःख पाउनु हुनेछ । हासिल उपलब्धि गुम्न सक्छ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया