आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल मंसिर २६ गते शुक्रबार नेपाल सम्बत ११४१ कछलागा,तदनुसार सन् २०२० डिसेम्बर ११ तारिक कृष्णपक्ष एकादशी तिथि विहान ७ वजेर १० मिनेटसम्म (जापानमा विहान १० वजेर २५ मिनेटसम्म ),स्वाती नक्षत्र राती ५ वजेर ४ मिनेटसम्म ( जपानमा चित्रा नक्षत्र विहान ९ वजेर ५९ मिनेटसम्म उप्रान्त स्वाती ),शोभनयोग,बालवकरण,आनन्दादियोग गद,सूर्य वृश्चिक राशिमा,चन्द्रमा तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिनेछ । नोकरीमा भूमिकाको खोजी हुनेछ । बादविबाद मुद्धा मामिलामा जीत हुनेछ । लाभादायक कामको मोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । बैदेशिक कार्यमा सफलता मिल्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): विरोधी सक्रिय हुनेछन् बढि खुल्ला रुपमा प्रस्तुत नहुनुहोला । तर अन्तिमा त तीनले केहि गर्न सक्ने छैनन । गोप्य सूचना भने नचुहाउनु होला । संघर्षबाट सफलताका सिढि चढ्न सकिनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सुरक्षित आर्थिक करोवार गर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): भुलभुल्यैमा पार्न सक्छन् सतर्क भएर काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो ठाँउ अरुले लिने छन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । प्रेम प्रस्ताव आउन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चालु पुँजीको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शरीरिक एवं मानसिक शिथिलता बढ्नेछ । भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घर परिवार तथा आतिथ्यता खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । पुरानो साथी सँग भेट हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने जोश जागर बढ्नेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीति कम फलदायी देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा बोलीको प्रभाव पर्नेछ । संचित धनमा वृद्धि हुनेछ । ईष्टमित्रबाट सामान्य सहयोग पाईनेछ । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । लगनशिल भई यत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ होला । राजनीति दाउपेच चल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनु हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मनोरञ्जनात्मक खर्च बढ्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । झट्ट विश्वास गरेर कुनै काम नगर्नु होला । आतिथ्यता खर्च बढ्नेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय सामान्य अनुकुल देखिन्छ । मनोवाञ्छित काम पुरा हुने देखिन्छ । विना उपलब्धिको राजनीति सक्रियता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । लेनदेन कारोवारमा सामान्य सुधार हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले पूर्ण साथ दिनेछ । काममा देखिएका समस्या समाधन हुनेछन् । विवादित कामको टुङ्गो लाग्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । उदाहरणीय काम हुनेछन् । तपाईबाट अरुले पनि प्रेरणा लिने छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । राजनीति तथा नोकरीमा भूमिकाको खोजी हुनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):समयमा सुधार आउनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । उपकारी काम हुनेछन् । धार्मिक गतिविधि बढ्ने देखिन्छ । अरुको कल्याण गर्दा आफ्नो कल्याण कम हुनेछ । फलदायी यात्राको योग पनि देखिन्छ । नोकरी तथा राजनीतिमा सफल हुनुहुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय प्रतिकुल देखिन्छ,जोखिम मोलेर कुनै काम नगर्नु होला । सोचाई र गराईको तालमेल मिल्ने छैन । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा अवनति हुनेछ । विचार पु¥याउनु होला,व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । आस्था र विश्वास घट्नेछ । मित्रबाट धोका हुनसक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया