बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

मेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - ा, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

र्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिह - मा, मि, मु, े, मो, टा, टि, ु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, न, नु, ने, नो, य, यि, यु (Scorpio)

धनु - ये, यो, भ, ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - ो, ज, जि, खि, ख, खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, गे, गो, सा, ि, सु, से, सो, (Aquarius)

मीन - दि, द, थ, झ, ञ, दे, द, च, चि (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल मंसिर १७ गते बुधबार नेपाल सम्बत ११४१ कछलागा,तदनुसार सन् २०२० डिसेम्बर २ तारिक कृष्णपक्ष द्वितीया तिथि अपरान्ह ५ वजेर १२ मिनेटसम्म (जापानमा राती ८ वजेर २७ मिनेटसम्म), मृगशिरा नक्षत्र विहान १० वजेर ३० मिनेटसम्म (जापानमा अपरान्ह १ वजेर ४५ मिनेटसम्म ), साध्ययोग, गरकरण, आनन्दादियोग अमृत, सूर्य वृश्चिक राशिमा,चन्द्रमा मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । आफ्नै बाहुबलबाट घेर समस्याको समाधान हुनेछ । उत्पादनशिल कार्य, सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन मध्यम खालको देखिन्छ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । पैसा माग्ने वाहना धेरै हुनसक्छ चिनेर मात्र व्यवहार गर्नु होला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आस्था र विश्वास घट्न सक्छ । पारिवारिक खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): गतिरोधको अन्त्य हुनेछ । आफुमा भएको ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि राम्रै हात लाग्नेछ । आर्थिक कारोवारमा सचेत रहनु होला । सभा सम्मेलनमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन प्रतिकुल देखिन्छ । उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचार बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनु होला । पारिवारिक समस्या बढ्ने छन् । कार्य शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास घात हुनसक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्नु होला । औषधी चिकित्सा जस्ता पेशा व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफ्नै पहलमा सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ र अवसरको खोजी पनि हुनेछन । गरेका कामको मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा सामान्य सुधार आउनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । मानसिक तनावमा कमि आउनेछ । शैक्षिक तथा न्याय मार्गमा आँशिक सफलता मिल्नेछ । पारिवारिक समस्या पूर्ण समाधान हुने देखिन्न । दीक्षा यात्राको सम्भावना देखिन्छ । अरुको भर विश्वास परेर कुनै काममा हात नहाल्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । लगानी गलत ठाँउमा पर्न सक्छ । सम्पन्नोन्मुख काम रोकिने छन् । मानसिक तनाव बढाउने काम हुनेछन् । खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापारबाट आम्दानी घटनेछ । भाग्यमा अवरोध आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): नक्कली कुरा लिएर आफ्नै मान्छे आउन सक्छन् होशियार रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा सामान्य सुधार आउनेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सक्रिय भएर काम गर्नु होला,सफलता असफलता आफ्नै हातमा छ । साझेदार सँग विवाद बढ्न सक्छ । ज्ञान नभएका काममा हात नहाल्नु होला । अर्काको कुरा सुनेर अगाडि बढ्नु भयो भने क्षति धेरै हुनसक्छ । आफ्ना कुरा अरुसँग शेयर नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । परिश्रमको अन्तिम फल राम्रै मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): भ्रम मुक्त भएर काम गर्नु होला । अलमलमा पर्नु भयो भने अवसर फुत्किनेछ । यान्त्रिक काममा लगानी बढ्नेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । विना उपलब्धि काममा धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरी तथा राजनीतिक विषय बस्तुमा ध्यान केन्द्रित हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । उपलब्धिका काम ओझेलमा पर्नेछन् । शक्तिको दुरुपयोग हुनसक्छ । गुह्य कुरा कसैलाई नखोल्नु होला । आफुले गरेका कामले अरुलाई फाइदा पुग्न सक्छ । शुख शान्तिमा कमि आउनेछ । आर्थिक कारोवारमा चनाखो हुनुुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया