सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल मंसिर १२ गते शुक्रबार नेपाल सम्बत ११४१ कछलाथ्व,तदनुसार सन् २०२० नोभेम्बर २७ तारिक कार्तिक शुक्लपक्ष द्वादशी तिथि विहान ८ वजेर २२ मिनेट सम्म ( जापानमा पूर्वान्ह ११ वजेर ३७ मिनेटसम्म ),अश्विनी नक्षत्र राती १ वजेर ३४ मिनेटसम्म ( जापानमा राती ४ वजेर ४९ मिनेटसम्म ),व्याघातयोग,बालवकरण,आनन्दादियोग वज्र,सूर्य वृश्चिक राशिमा,चन्द्रमा मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा देखिएका समस्या कम हुनेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । पढाई प्रति ध्यान कम जानेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । आफन्तबाट सहयोग सहानुभुति मिल्नेछ । भोज भतेर एवं सभा सम्मेलनमा भाग लिने निम्तो आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अस्थिरता बढ्नेछ । कार्य लनगशिलता घट्दा उपलब्धि पनि घट्ने छन् । माया ममतामा कुनै काम हुने छैनन। संचित धन नास हुनसक्छ । दुर्जनहरुले पिछा गर्ने छन् । व्यापारमा गरेको लगानी डुब्न सक्छ विचार पु¥याउनु होला । परिश्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । आस्था र विश्वासमा चोट लाग्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफन्तको सहयोग मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । उधारो कारोवार नगर्नु होला । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । पुराना मित्रहरु भेटिने छन् । अरुको प्रलोभनमा नपर्नु होला फाइदा लिन खोज्दै छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गलत विचारको अवसान हुनेछ । असहजताबाट सहजतामा प्रवेश हुनेछ । रोकिएका कामले गति लिनेछ । कर्म प्रप्तिको योग पनि देखिन्छ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमता बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा सामान्य सुधार आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् । घाटाका काम भन्दा फाइदाका काम कम हुनेछन् । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । घर डेराको समस्या पर्न सक्छ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):सोचेर काम गर्नु होला,समय अनुकुल भन्दा प्रतिकुल बढि देखिन्छ । आशा र भरोसा निराशामा परिणत हुनेछ । काम गर्ने वातावरण भत्किने छ । दुर्जनहरुको सक्रियता बढ्नेछ । दैनिका काममा समस्या आउन सक्छ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्य कमजोर हुनेछ । अरुको भर नपर्नु होला धोका हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या केहि हदसम्म समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): संघर्षबाट मात्र उपलब्धि हात पारिनेछ । सहज रुपमा काम हुन दिने छैनन । बाटोमा तगारो लगाउन खोज्ने कम हुने छैनन । प्रतिश्पर्धाबाट पछि नहट्नु होला अन्तिम परिणाम सुखद निस्कनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋणमा काम नगर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मनमा दुविधा बढ्नेछ । समयमा निर्णय लिन सकिएन भने उपलब्धिका काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा चनाखो रहनुहोला । इच्छा शक्ति कमजोर हुनेछ । वोलीको अनर्थ लगाउन सक्छन् । आफन्त पराई जस्ता हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अन्य काममा आँशिक सफलता मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । भाववेगमा आएर कुनै काम नगर्नु होला क्षति बढि हुनेछ । धन खर्च गरेर अरुलाई आफ्नो बनाउनुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । दुःख विसाउने चौतारी मिल्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): साहास,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । संचित धन बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कुरा भन्दा काममा जोड दिनु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ क्षेत्रमा लगानी गर्दा एक पटक सोचेर मात्र गर्नु होला । सहयोग कम मिल्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया