सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल मंसिर ११ गते विहिबार नेपाल सम्बत ११४१ कछलाथ्व,तदनुसार सन् २०२० नोभेम्बर २६ तारिक कार्तिक शुक्लपक्ष द्वादशी तिथि अहोरात्र ( जापानमा एकादशी तिथि विहान ९ वजेर ३५ मिनेटसम्म उप्रान्त द्वादशी तिथि), रेवती नक्षत्र राती १० वजेर ५८ मिनेटसम्म (जापानमा राती २ वजेर १३ मिनेटसम्म), सिद्धियोग, बवकरण, आनन्दादियोग मित्र, सूर्य वृश्चिक राशिमा,च न्द्रमा राती १० वजेर ५८ मिनेटसम्म (जापानमा राती २ वजेर १३ मिनेटसम्म) मीन उप्रान्त मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नो अनुकुलको बातावरण अझै बन्ने छैन । अनेक वाहानबाजी हुनेछ काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । रात्रीकालीन समय थोरै अनुकुलोन्मुख देखिन्छ । सन्ध्याकालबाट समयमा क्रमिक सुधार आउनेछ । काम प्रतिको लगाव बढ्नेछ । खर्चमा कमि आउनेछ । अरुको भर धेरै नपर्नु होला धोका हुनसक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पवित्रताको खोजी हुनेछ । दिनको अधिकाँश समय अनुकुल देखिन्छ । समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर गुम्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । सन्ध्याकालबाट समयले कम साथ दिनेछ । उपलब्धिका काममा रोकावट आउने संकेत देखिने छन् । लगानी मैत्री वातावरण देखिदैन । विश्वास टुट्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समग्रमा दिन अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले अपरान्ह पूर्व बढि ठीक देखिन्छ । सहज तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । आपरान्ह आय आर्जनका हिसावले राम्रो रहला । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा पूर्ण सुधार देखिन्न तर सामान्य सुधार आउनेछ । पूर्वान्हमा गरेका काम भन्दा अपरान्हबाट शुरु गरेका काम बढि सफल हुनेछन् । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी गर्दा विशेष ध्यान दिनु होला । पठन पाठनमा सामन्य प्रगति हुनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गलत विचारले गलत मार्ग हिडाउनेछ । सकरात्मक काम कम हुनेछन् भने नोक्सानका काम बढि हुनेछन् । चिन्ताले छोड्ने छैन । आफन्त प्रतिको आस्था र विश्वास घट्नेछ । व्यापार व्यवसायबाट लगानी गरे अनुसारको उपलब्धि हात लाग्ने छैन । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन सामान्य देखिन्छ । काममा विलम्ब गर्नु भयो भने उपलब्धिका अवसर गुम्नेछन् । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । अपरान्ह देखि समय विस्तारै प्रतिकुल बन्नेछ काम गर्दा सचेत रहनु होला । अन्तिम चरणमा पुगेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सामान्यतया अनुकुल नै देखिन्छ । विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कने छ । गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ,आम्दानी बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दोमन गरेर काम नगर्नु होला । दृढ विश्वासका साथ अगाडि बढ्नु होला गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । हृदयबाट सहयोग गर्ने कम हुनेछन् । स–साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले खासै साथ दिने देखिन्न । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक संरचनालाई नचलाउनु होला क्षय हुनसक्छ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पूर्वान्ह कालमा गरेका धेरै जसो काम सफल हुनेछन् । त्यसैले समयको महत्व वुझेर समयमा काम सम्पन्न गर्नु होला । अपरान्हबाट समयले कम साथ दिनेछ । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिनाई हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्च विवाद बढ्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिनको अधिकाँश समय आज पनि प्रतिकुल देखिन्छ । उपलब्धिका काम ओझेमा पर्ने छन् । खर्चालु काम बढि हुनेछन् । लेनदेनका विषयमा सचेत हुन आवस्यक देखिन्छ । अपरान्हबाट लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अरुको भर नपर्नु होला,आफन्तबाट अल्प सहयोग मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयमा गरेका काम सफल हुनेछन्,ढिला सुस्ति गरेमा उपलब्धि कम हात लाग्नेछ । ढिला गर्दा कार्य सम्पन्न गर्न धेरै मेहनत गर्नु पर्नेछ । सहयोगी घट्ने छन् । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । अरुको कुरामा विश्वास गर्दा घाटा हुनेछ । व्यापार व्यवसायमा मन्दि लाग्न सक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया