मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं, वर्षर्तुः, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल भाद्र ३१ गते बुधबार नेपाल सम्बत ११४० ञलागा,तदनुसार सन् २०२० सेप्टेम्बर १६ तारिक आश्विन कृष्ण (पितृ) पक्ष चतुर्दशी तिथि साँझ ६ वजेर ५९ मिनेटसम्म (जापानमा राती १० वजेर १४ मिनेटसम्म), मघा नक्षत्र मध्यान्ह १२ वजेर ३ मिनेटसम्म (जापानमा अपरान्ह ३ वजेर १८ मिनेटसम्म), सिद्धियोग, भद्राकरण, आनन्दादियोग चर, सूर्य सिंह राशिमा, चन्द्रमा सिंह राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): योजना अनुसारको काम गर्न सकिने छैन । कामको विचमा अलमल बढि हुनेछ । पठन पाठन कार्यमा अवरोध आउन सक्छ । समस्याको भूमरीबाट उम्किन ठुलै प्रयत्न गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । नोकरी र राजनीतिबाट खासै उपलब्धि हात लाग्ने छैन । आर्थिक विषय बस्तुले बढि पिरोल्ने छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य लगनशिलता घट्नेछ शारीकि शिथिलता बढ्नेछ । सुख,शान्तिमा कमि आउनेछ । इच्छा विपरित काम हुदा तनाव बढ्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): उद्योग पराक्रम बढ्नेछ । आफ्नै पहलमा पुराना समस्या समाधान हुनेछन् । नयाँ काम हात पार्नको लागि ठुलै कसरत हुनेछ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । साझेदारी काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कुराले ठीक्क पार्ने धेरै हुनेछन् तर वास्तविक सहयोग गर्ने कोहि हुने छैनन । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ धैर्यता नतोड्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यवसायमा लगानी नबढाउनु होला । कामबाट सामान्य लाभ होला । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । यत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गलत चिन्तनको अवसान हुनेछ । कार्य लगनशिलता र पारदर्शिता बढ्नेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिनको लागि निम्तो पत्र आउनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): विना उपलब्धिका काममा समय र धन लगानी हुनेछ । अनावस्यक विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला । विश्वास पात्रबाट धोका हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफ्ना समस्या आफै भित्रबाट समाधान खोज्नु होला । अरुको शरणमा गएर केहि मिल्ने छैन । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): गतिरोध हट्नेछ । पुराना समस्या समाधान हुनेछन् । भाग्यले साथ दिनेछ कर्म गर्न पछि नपर्नु होला । कुरा सुन्नु अरुको काम गर्नु मनको भन्ने कुरालाई स्मरण गर्नु होला । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीति गतिविधि बढ्ने छन् । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले पूर्ण साथ दिने छैन तर सुधारोन्मुख देखिन्छ । मानसिक तनावमा थोरै कमि आउनेछ । अरुको काममा समय बढि दिदा उपलब्धिका आफ्ना काम ओझेलमा पर्ने छन् । सकरात्मक सोचको विकाश हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । आर्थिक कारोवारमा सचेत रहनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले साथ दिने छैन । आशा भरोसा निरासामा परिणत हुने देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा काम गर्दा धोका खाईनेछ । चिन्ताले छोड्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ समयको सदुपयोग गर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने सपनाहरु सकार पार्न सकिनेछ । स्वव्यवसायबाट आय आर्जन थोरै बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मान्छे चिनेर व्यवहार गर्नु नत्र पछि दुःख पाईनेछ । साना साना भन्दा साना काम सफल गर्न ठुलै मेहनत गर्नु पर्नेछ । कार्य गोपनियता आवस्यक देखिन्छ । मनलाई नियन्त्रण गरेर कर्म क्षेत्रमा प्रवेश गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ । इज्जतको ख्याल राख्नु होला । अन्तिममा परिश्रमको प्रतिफल मिल्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया