मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल भाद्र २९ गते सोमबार नेपाल सम्बत ११४० ञलागा,तदनुसार सन् २०२० सेप्टेम्बर १४ तारिक आश्विन कृष्ण (पितृ) पक्ष द्वादशी तिथि राती १० वजेर २ मिनेटसम्म ( जापानमा राती १ वजेर १७ मिनेटसम्म ),तिष्य नक्षत्र अपरान्ह १ वजेर २४ मिनेटसम्म ( जापानमा अपरान्ह ४ वजेर ३९ मिनेटसम्म ),परिघयोग,कौलवकरण,आनन्दादियोग धाता,सूर्य सिंह राशिमा,चन्द्रमा कर्कट राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आकस्मिक अनायास खर्च वृद्धिले कार्य क्षेत्रमा समस्या ल्याउनेछ । व्यवहारिक रुपमा सहयोग गर्ने कोहि भेटिने छैन । अरुको काम गरेर जश पनि मिल्ने छैन । पारिवारिक समस्या बढ्नेछन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्न सक्छ । आफन्तबाट विश्वासघात हुन सक्छ । मनमा शान्ति मिल्ने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आफ्नो काममा आफै लाग्दा बढि मुनाफा हुनेछ । कार्य क्षमता,कार्य दक्षता र कार्य विज्ञता बढ्नेछ । पराईको बोलीको विश्वास नगर्नु होला कुनै पनि बेला धोका दिन सक्छन् । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक समर्थन मिल्नेछ । सामाजिक काममा कम सफलता मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  बोली नियन्त्रण गर्नु उचित हुनेछ नत्र आफैलाई घाटा हुनेछ । बाह्य कुराको प्रभावमा नपरि आफ्नै ज्ञान शिप र बुद्धिको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ, ध्यान दिनुहोला । नियन्त्रण गरेर आर्थिक कारोवार गर्नु पर्र्ने देखिन्छ । आन्तरिक कुरा कसैलाई नखोल्नुहोला । प्रयत्न सफल हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ तर महिलाका कारण अप्ठ्रोमा पर्न सकिन्छ चनाखो रहनुहोला । आफ्नै प्रयासमा आर्थिक उन्नति हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । काम गर्ने जोश,जागर घट्ने छैन । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लगानी गलत ठाँउमा पर्न सक्छ सोच विचार अगाडि बढ्नु होला । परभाव,परबन्धनको सम्भावना देखन्छि । अकारण दोष पाईनेछ । मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउने छ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनेछ । बढि महत्वकाँक्षी नबन्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मान्यजनको आशिर्वाद लिएर काम गर्नु होला । आफुमा भएको ज्ञान र शिपको उपयोग गर्न सके धन आर्जन राम्रो हुनेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । धन संचिती बढ्नेछ । राजनैतिक चासो बढ्नेछ । नोकरीबाट सन्तुष्टि मिल्नेछ भने सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): राजनैतिक व्यक्तिको विश्वास परेर काम नगर्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पढाईमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । अपुरा अधुरा काम अगाडि बढ्ने छन् र थोरै मेहनत गर्नु भएको खण्डमा सम्पन्न पनि हुनेछन् । तपाईलाई सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा विस्तारै सुधार आउनेछ । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला । शैक्षिक गतिविधि थोरै अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । व्यापार व्यवसायमा विस्तारै प्रगति हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): संवेदनशिल भएर काम गर्नु होला काबु बाहिरको स्थिति सृजना हुनसक्छ । तनाव बढ्नेछ । आहार विहारमा ध्यान दिनु होला स्वास्थ्यमा समस्या आउनेछ । आर्थिक संरचनालाई नचलाउनु होला गडबढ हुनसक्छ । अरुको कुरा सुनेर काम गर्नु भयो भने डुब्नु हुनेछ । लगानी अनुसारको प्रतिफल कतैबाट मिल्ने छैन । विश्वास पात्रले धोका दिनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):सामान्यतया दिनु अनुकुल नै देखिन्छ । नगदमा काम गर्नु होला,उधारोमा गर्दा पछि उठाउ सकिने छैन । नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । लगनशिलताले नै सफलताको शिखर चढाउने छ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । यात्राको योग पनि देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): चनाखो भएर अगाडि बढ्नु होला काममा शत्रुको बक्रदृष्टि पर्नेछ । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै सफलता मिल्ने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला बादविवादमा जीत हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । प्रतिष्ठाको लडाई जितिनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अध्ययन गरेर मात्र काममा हात हाल्नु होला । काममा सक्रिता पनि बढाउनु पर्ने देखिन्छ ।  काम गर्दा दुविधामा नपर्नु होला अवसरबाट चिप्लिनु हुनेछ । बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । शैक्षिक र न्याय मार्ग कमजोर देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग हात कमै भेटिने छन् ।


तपाईको प्रतिक्रिया