मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल भाद्र २८ गते रविबार नेपाल सम्बत ११४० ञलागा,तदनुसार सन् २०२० सेप्टेम्बर १३ तारिक आश्विन कृष्ण (पितृ) पक्ष एकादशी तिथि राती १० वजेर ५७ मिनेटसम्म (जापानमा राती २ वजेर १२ मिनेटसम्म), पुनर्वसु नक्षत्र अपरान्ह १ वजेर २६ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर ४१ मिनेटसम्म), वरियनयोग,बवकरण,आनन्दादियोग ध्वज,सूर्य सिंह राशिमा,चन्द्रमा विहान ७ वजेर २३ मिनेटसम्म (जापानमा विहान १० वजेर ३८ मिनेटसम्म) मिथुन उप्रान्त कर्कट राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय खराव देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । आकस्मिक खर्च वृद्धिले कार्य क्षेत्रमा असर पुग्नेछ । व्यवहारिक सहयोग गर्ने कोहि हुने छैनन । अरुको काम गरेर न जश न शान्ति मिल्नेछ । पारिवारिक समस्या बढ्नेछन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घाटा बढ्नेछ । धनमाल चोरी वा हराउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले थोरै साथ दिनेछ । आफ्नै बाहुबलबाट अधिकाँश काम सम्पादन हुनेछन् । अरुको बोलीको विश्वासमा कुनै दम हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । राजनीति तथा नोकरीमा पदभार थपिन सक्छ । प्रयत्नबाट नयाँ काम मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफन्त भनेर भर पर्दा धोका हुनेछ । धन दिएर इष्ट गुमाउने काम नगर्नु होला । आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्र्ने देखिन्छ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । आफ्नै ज्ञान शिप र बुद्धिको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ । प्रयत्नहरु भने सफल हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधामा परेर कुनै काम नगर्नु होला । स्त्रीजातीक कारण काममा अप्ठ्यारो पर्न सक्छ चनाखो रहनुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । स्वतन्त्रण प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । झमेलाबाट पूर्ण मुक्ति भने मिल्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दीर्घकालिन असर पुग्ने खालका काम नगर्नु होला । महत्वकाँक्षी योजना अगाडि बढाउदा क्षति धेरै हुनसक्छ । सहयोग गर्ने कोहि हुने छैन,मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । फजुल खर्चमा वृद्धि हुनेछ । राज्यबाट पीडित हुने अवस्था आउन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । आश्वासनका भरमा काम गर्दा नोक्सान वेहोर्नु पर्ने अवस्था आउन सक्छ । मान्यजनको आशिर्वाद सहयोग लिएर काम गर्नु होला । वुद्धि,विवेक,ज्ञान र शिपको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्याको समाधान आफैबाट खोज्नु होला । लगनशिल भई काम गरेमा पुराना रोकिएका काम पनि सम्पादन हुनेछन् । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । तपाईलाई सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समस्याहरु विस्तारै कम हुनेछन् । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला । शैक्षिक गतिविधि अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): जोखिम मोलेर कुनै काम नगर्नु होला । हरेक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु होला समस्या काबु भन्दा बहिर जाने सम्भावना देखिन्छ । मानसिक तनाव घट्ने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक संरचनालाई नचलाउनु होला । अरुको कुरा सुनेर काम गर्नु भयो अथवा लगानी गर्नु भयो भने डुब्नु हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्दा विवादबाट टाढा बस्नु होला । उधारो छोडेर नगदमा काम गर्नु होला नत्र पछि उठाउन गाह्रो हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । साझेदारी काम त्यति सफल देखिन्न । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । यात्राको सम्भावना देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा शत्रुको बक्रदृष्टि पर्नेछ हेलचक्र्याई नगरि काम गर्नु होला । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै केहि हुने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला जीत हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । ऋण बढ्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): हल्का रुपमा कुनै कुरालाई नलिनु होला । काममा सक्रिता बढाउनु पर्ने देखिन्छ । भ्रमबाट मुक्त हुनुपर्ने देखिन्छ । बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर विश्वासमा मात्र अगाडि बढ्ने अबस्था देखिन्न ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया