मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल भाद्र २७ गते शनिबार नेपाल सम्बत ११४० ञलागा,तदनुसार सन् २०२० सेप्टेम्बर १२ तारिक आश्विन कृष्ण (पितृ) पक्ष दशमी तिथि राती ११ वजेर २५ मिनेटसम्म (जापानमा राती २ वजेर ४० मिनेटसम्म), आद्र्रा नक्षत्र अपरान्ह १ वजेर १ मिनेटसम्म ( जापानमा अपरान्ह ४ वजेर १६ मिनेटसम्म), व्याघातयोग, वणिजकरण, आनन्दादियोग मुद्गर, सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विहानको समय सामान्य शुभ देखिन्छ । विलम्व गरेमा काम विग्रिने छन् उपलब्धि गुम्नेछ । मध्यान्ह पछिको समय तपाईको अनुकुल हुने छैन । काम गर्ने जोश जागर घट्नेछ । आवस्यक काममा समय र धन लगानी हुनेछ । आफन्तजनबाट असहयोग हुनेछ । व्यापारमा गिरावट आउनेछ । मनमा अशान्ति बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): प्रातकाल भन्दा मध्यान्हकाल पछिको समय बढि अनुकुल देखिन्छ । लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको कुरामा धेरै नसुन्नु होला । आर्थिक कारोवारमा विशेष ध्यान दिनु होला । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पूर्वाद्धमा गरेका काम र कुराले प्राथमिकता पाउन सक्छ । उपलब्धि पनि हात लाग्नेछ । उत्तर्राद्ध थोरै कमजोर देखिन्छ । सामाजिक क्षेत्रमा हात नहाल्नु होला उल्टो अपयश मिल्नेछ । इज्जतमा दाग लाग्न सक्छ । पराक्रम घट्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो आम्दानी हुने छैन । धन दिन काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रातकालमा कुनै नयाँ काममा हात नहाल्नु होला । मध्यान्ह पछि समयमा सुधार आउनेछ । कर्म क्षेत्रबाट बाहिर नजानु होला । गरेका काम सफल हुनेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । तपाईबाट सहयोगको अपेक्षा अरुले पनि राख्ने छन् । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । अविश्वासको वातावरण भङ्ग हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय प्रतिकुल बन्दै छ हेलचक्र्याई गरेर कुनै काम नगर्नु् होला । विशेष गरेर मध्यान्हबाट समयले साथ दिन छोड्नेछ । सम्भाव्यताहरु हराएर जानेछन् । जोखिम मोलेर कुनै काम नगर्नु नगराउनु होला । व्यापार व्यवसायबाट आय घट्नेछ । घर परिवारमा असन्तोष बढ्नेछ । मिथ्य आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अवसरको खोजीमा हुनुहुन्छ भने त्यो आज प्राप्त हुनसक्छ मेहनत थोरै बढि गर्नु होला । सामान्यतया गरेका काम हुने ग्रह गोचरमा देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । राजनीति तथा नोकरीमा कार्य भार थपिन सक्छ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । आत्म विश्वास बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विहानमा गरेका काम कम सफल हुनेछन् भने मध्यान्ह पछि गरेका काम बढि सफल हुने देखिन्छ । अरुको काम गरेर जश कम पाईने छन् । काम गर्दा अरुको मुख नताक्नु होला । गोपनियता कायम राख्नुहोला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । परिश्रमको फल मिठो पाईनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पूर्वान्ह प्रतिकुल बढि देखिन्छ । आशा गरे अनुसारको काममा सफलता मिल्ने छैन । अपरान्हकाल भने थोरै अनुकुल हुनेछ । मानसिक तनावमा कमि आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । हेलचक्रयाई नगरि काम गर्नु होला केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । यात्राको योजना बन्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विहानमा गरेका केहि काम बन्नेछन् भने मध्यान्ह पछिको समय प्रतिकुल हुनेछ । पढाईतिर भन्दा बाहिरी काममा बढि ध्यान जाने छ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ । आलस्यता नै शत्रु सम्झनु होला । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । अहार विहारमा ध्यान दिनुहोला नत्र स्वास्थ्य कमजोर हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विवादित विषयको टुङ्गो लाग्नेछ । पारिवारिक मतभेदको अन्त्य हुनेछ । गरेका कामबाट दाम मात्र होईन प्रशंसा पनि पाईनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । विदेश यात्राको योजना तयार हुनेछ । साझेदारी काममा हात नहाल्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दया माया गर्ने कमै हुनेछन् । द्रोह चिन्तन बढ्न सक्छ । विना विचार,विना तयारी काममा हात नहाल्नु होला घाटा हुन सक्छ । अलमलमा पर्नु भयो भने धेरै काम पछाडि धकेलिने छन् । विरोधीले काममा अवरोध खडा गर्न सक्छन् सतर्क रहनु होला । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन त्यति अनुकुल देखिन्न । मनमा दुविधा उत्पन्न हुनेछ । लगानी अनुसारको प्रतिफल कम मिल्नेछ । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । यात्रामा कठिनाई उत्पन्न हुन सक्छ । परिवारजनसँग मन मुटाव बढ्न सक्नछ । आर्थिक कारोवारमा गडबढ हुन सक्छ सतर्क रहनु होला । अरुको भरोसामा काम नगर्नु होला धोका हुनसक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया