सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,शिशिरर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल फाल्गुन २७ गते भौमबार नेपाल सम्बत ११४० चिल्लागा तदनुसार सन् २०२० मार्च १० तारिक कृष्णपक्ष प्रतिपदा तिथि राती ९ वजेर ३२ मिनेटसम्म (जापानमा राती १२ वजेर ४७ मिनेटसम्म), उत्तरफाल्गुनी नक्षत्र राती १२ वजेर २२ मिनेटसम्म (जापानमा राती ३ वजेर ३७ मिनेटसम्म), शूलयोग, बालवकरण, आनन्दादियोग धाता, सूर्य कुम्भ राशीमा, चन्द्रमा विहान ७ वजेर ३७ मिनेटसम्म (जापानमा विहान १० वजेर ५२ मिनेटसम्म) सिंह उप्रान्त कन्या राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गलत व्यक्तिको संगत हुनसक्छ सतर्क रहनु होला । विवादबाट टाढा बसेर काम गर्नु होला । दुविधमा नपरि कार्य योजना अगाडि बढाउनु होला । साझेदारी काममा हात नहाल्नु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । शैक्षिक क्षेत्र कमजोर देखिन्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): धन र श्रम धेरै लगानी हुनेछ तर उपलब्धि कम हात लाग्नेछ । कुन मार्ग हिड्ने भन्ने अन्योलता बढ्नेछ । उत्साहा उमङ्ग घट्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । मनमा अशान्ति बढ्नेछ । घरयासी खर्च बढ्नेछ । भौतिका सुखानुभूति कम हुनेछ । मिथ्या आरोप लाग्न सक्छ । सहयोग खासै पाईने छैन ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): उपलब्धिको संरक्षण गर्ने तिर जोड दिनुहोला । काम गर्न ढिला सुस्ति गरेमा सोचे जस्तो उपलब्धि हात पार्न सकिन छैन । अपरान्हबाट समयले साथ कम दिनेछ । पारिवारिक समस्या बढ्ने छन् । व्यवसायिक गतिविधि कम हुनेछन् । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । आर्थिक कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भ्रम मुक्त भएर कर्म क्षेत्रमा लाग्नु होला । सानो हेलचक्र्याईले धेरै क्षति हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । ज्ञान नभएका तत् तत् विषय बस्तुमा ऋण लगानी नगर्नु होला डुबिनेछ । मध्यान्ह पछि समयले बढि साथ दिनेछ । अपुरा,अधुरा काम अगाडि बढ्ने छन् । कार्य क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पूर्वाद्ध जति उत्तराद्र्ध अनुकुल देखिन्न । कर्ममा जोड दिनु होला । सवैलाई आफ्ना ठानेर काम गर्दा दुख पाउन सकिन्छ । व्यापारमा,व्यवसायमा सामान्य उतार चढाव आउनेछ तर अन्तिममा केहि फाइदा हुनेछ । समयमा काम गर्ने कोशिस गर्नु होला पछि गर्छु भनेर राख्नु भयो भने उपलब्धि हिड्नेछ । खर्च वृद्धिको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मध्यान्ह सम्म समयले साथ दिने देखिन्न । नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । रिस,क्रोध र अहंकारलाई नियन्त्रण गर्नु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला । अपरान्हबाट समयले साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कुनै काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला । आफन्तको सहयोग र सल्लाहामा काम गर्दा केहि सहजता हुनेछ । कामबाट उचित प्रतिफल निस्कनेछ । संचित धन बढ्नेछ । अपरान्ह देखि समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । फजुल खर्च बढ्नेछ । व्यापारमा गिरावट आउनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहास, धैर्यता र पराक्रम बढ्नेछ । विगतमा गर्न नसकेका काम हुनेछन् । भाग्यले साथ दिनेछ । विगतमा असहयोग गर्ने सहयोगको हात फैलाउन पछि पर्ने छैनन । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न आफै सक्षम हुनुहुनेछ । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पूर्वान्ह समय कमजोर नै देखिन्छ । अपरान्हबाट समयले पूर्ण साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढ्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारिक सन्तुष्टि कम मिल्नेछ । विवादमा नफस्नु होला । धर्म कर्म तिर मन जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दया माया कसैले गर्ने छैनन । समयले साथ कम दिनेछ । सोचाई र काम गराईको तलमेल मिल्ने छैन । अहार विहारमा ध्यान दिनु होला । मानसिक चिन्ताले छाड्ने छैन । व्यापारमा आएको मन्दि कायम रहनेछ । आफन्तमा विवाद पर्ला । कामको वीचमा दुख दिने धेरै हुनसक्छन् सतर्क रहनु होला । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मध्यान्ह सम्म समय सामान्य अनुकुल देखिन्छ । अरुको भर नपरि काम गर्नु होला गरेका काम प्राय सफल हुनेछन् । विदेश यात्राको सम्भावना बढि नै देखिन्छ । ढिला सुस्ति गर्दा उपलब्धि गुम्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । कुनै पनि क्षेत्रमा हेलचक्र्याई गरेर काम नगर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन पूर्वाद्ध भन्दा अपरान्हको समय बढि अनुकुल हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । खेलाडीको लागि दिन अनुकुल हुनसक्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ काम,नयाँ भूमिका मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला आफैलाइै घाटा हुनेछ । यात्राको योग देखिन्छ ।

—————————————–

तपाईको प्रतिक्रिया