सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,शिशिरर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल फाल्गुन २१ गते बुधबार नेपाल सम्बत ११४० चिल्लाथ्व तदनुसार सन् २०२० मार्च ४ तारिक शुक्लपक्ष नवमी तिथि विहान ८ वजेर ५० मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर ५ मिनेटसम्म), मृगशिरा नक्षत्र विहान ६ वजेर ५० मिनेटसम्म (जापानमा विहान १० वजेर ५ मिनेटसम्म), प्रीतियोग, कौलवकरण, आनन्दादियोग अमृत, सूर्य कुम्भ राशीमा, चन्द्रमा मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नै बाहुबलमा समस्याको समाधान खोज्नु पर्नेछ । उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ । काममा ढिला सुस्ति गर्दा पछि पश्चताप हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आलस्यता बढ्नेछ । लेनदेन कारोवारमा चनाखो हुनुहोला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ,चिनेर व्यवहार गर्नु होला । कामलाई हल्का रुपमा लिदा अवसर गुम्नेछ । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन थोरै हुनेछ । आस्था र विश्वास घट्न सक्छ । पारिवारिक खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): गतिरोध हट्नेछ । ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि हात लाग्नेछ । आर्थिक कारोवारले थोरै टाउको दुखाउनेछ । उत्सवादिमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या केहि कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचारको शिकार हुने सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ । पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश मिल्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवाद बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): औषधी चिकित्सा तथा कृष औजार एवं यान्त्रिक कामबाट फाइदा बढि हुनेछ । शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कार्य सम्पादनका हिसावले दिन महत्वपूर्ण रहनेछ । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ । गरेका काम सहज र सरल विधिबाट सम्पादन हुनेछन् । कामको मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मनलाई नियन्त्रणमा राख्नुहोला । रोकिएका काम शुचारु हुनेछन् । मानसिक तनावमा कमि आउनेछ । शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ । घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । यात्राको सम्भावना देखिन्छ । साना साना काम सफल गर्न दखल बढि नै गर्नु पर्नेछ । घरपरिवार छोडेर बाहिर जान मन लाग्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्ने वातावरण विग्रिएर जाने देखिन्छ । सम्पन्नोन्मुख काम रोकिने छन् । अनावस्यक विषय बस्तुले मानसिक तनाव बढाउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ । भाग्यमा अवरोध आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काममा बनावटी कुराले प्रवेश पाउन सक्छ होशियार रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सफलता असफलता आफ्नै हातमा रहनेछ । विना संघर्ष कहि केहि हुने छैन । परिवारमा विवाद बढ्न सक्छ । अर्काको कुरा सुनेर काम नगर्नु होला क्षति धेरै हुनसक्छ । आफ्ना कुरा अरुसँग शेयर नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला । परिश्रमको फल मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्दा दुविधामा परिनेछ । कृषि क्षेत्र एवं यान्त्रिक काममा लगानी नबढाउनु होला । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । अकारण धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि मिल्ने छैन । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): शारीरिक एवं मानसिक रुपमा कमजोर अनुभव हुनेछ । राज्य शक्तिको दुरुपयोग गरेर कसैले तपाईलाई दुःख दिन सक्छन् होशियार रहनुहोला । आफुले गरेका कामले अरुलाई बढि फाइदा पुग्न सक्छ । शुख शान्तिमा कमि आउनेछ । आर्थिक कारोवारमा चनाखो हुनुुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया